2026-09-19 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | बैदेशिक रोजगारीको क्रममा बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको सिलसिलामा ६ महिना अघि ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा टारीका घमण्ड बहादुर राईको परिवारलाई आर्थिक सहयोग गरिएको हो । 

प्रेसर हाईका कारण गत कात्तिक ५ गते बहराईनमा ज्यान गुमाएका राईको श्रीमती वालकुमारी राईलाई आईतबार दिक्तेलस्थित हाँटडाँडामा ८० हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको किरात राई यायोक्खा खोटाङका सदस्य किसन कुमार राईले बताए । किरात राई यायोक्खा बहराईनले जम्मा गरेको रकम यायोक्खा खोटाङका निवर्तमान अध्यक्ष प्रश्नराज राईले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । ज्यान गुमाएका राईको एक २ छोरा र एक श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई