३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

केपी ओलीमाथि शेखरको आरोप, भन्छन्– संसद विघटन गर्छन्

१३ बैशाख २०७३, सोमबार ०९:०३

x6222e4402e372264331d7c32b92f1c7e_L.jpg.pagespeed.ic.Ihrl2n1OOvनेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काँग्रेसले सरकार ढलाउनको लागि कुनै कसरत नगरेता पनि सरकार आफै ढल्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओलीको नेतृत्वको सरकार प्रतिपक्षलेनै ढलाउन नपर्ने तर एक दिन आफै ढल्ने चेतावनी दिए । ओलीले न्यायपालिकालाई पार्टीको भर्ति केन्द्र बनाउन लागेको आरोप समेत कोइरालाले लगाएका छन् ।

नेपाल प्रेस युनियन पर्वतले सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले केपी ओली सरकारले संसदको विघटन गर्न लागेको ठोकुवा समेत गरेका छन् । अब मधेसी आन्दोलनकारी र नेपाली कांग्रेस चुप लागेर नबस्ने भन्दै कोइरालाले यसको विकल्पमा ‘केपी ओलीले संसदको विघटन गरी कथित चुनावको मिति तोक्ने हतियार प्रयोग गर्ने’ दाबी गरेका छन् ।

ओली नेतृत्वको सरकार बामपन्थी सरकार भएको र अलोकतान्त्रिक सरकार भएका कारण यसको छिटटै अन्तै हुने उनको दाबी छ । सरकार कालोबजारीयाको नेतृत्वमा चलेको छ जसका कारण सरकार आफै ढल्छ भन्दै सरकारप्रति उनले आरोप लगाए ।

१. ओली सरकारले शान्ति सम्झौता, संविधान, राष्ट्रिय एकता र छिमेकी सम्बन्ध ध्वस्त गरेको ठोकुवा गरेका छन् । हिन्दुराज्यको वकालत गर्नको लागि भारतीय विदेशमनत्रीसँग प्रचण्ड, देउवा, विद्यादेवी भण्डारी, कमल थापा र केपी ओलीले संविधान निर्माणभन्दा पहिले सहमति गरेको तर धर्म निरपेक्ष संविधानमा उल्लेख गरेका कारण भारतले नयाँ संविधानको स्वीकार नगरेको समेत उनले आरोप लगाए ।

भारतसँगको सम्बन्ध भाँडेर अन्तराष्ट्रिय घेराबन्दी गरेको समेत उनले आरोप लगाए । सकारमा तेस्रो र चौथो ठूलो दल सरकारमा भएता पनि एमालेमय सरकार भएको उनको टिप्पणी छ ।

२. थारु मधेसी आन्दोलनकारीलाई उत्तेजित पारिरहेको  उनको अर्को आरोप छ । नेपाली काँग्रेस तराइमा एक प्रदेश दिन हुदैन भन्नेमा अडिग रहेको तर ओली सरकारले उनीहरुको अन्यमागलाई सम्बोधन गर्नको लागि कुनै चाँसो नदिएको दाबी गरे । मधेसी मोर्चासँग नाकाको धर्ना खुलाउनको लागि समिति बनाएर समधान गर्ने बनाएता पनि कमल थापाको नेतृत्वमा बनेको टोलीले मधेसी मोर्चा र मोर्चाले सरकारसँग सहमति नगरेको भन्दै एकले अर्कोलाई दोषार्ण लगाएका कारण आन्दोलनलाई ओली सरकारले २ महिनादेखि उत्तेजित पारिहरको उनको तर्क छ ।

https://youtu.be/BCCecz2Hr1c

३. राष्ट्रिय पुनर्निर्माणमा वर्ष दिनमा २ प्रतिशत बजेट खर्च गरेको उनको तेस्रो आरोप छ । सरकार भूकम्पबाट प्रभावित भएका जिल्ला र एतिहासिक संरचनाको निर्माणको लागि व्यवास्था गरेर गैरजिम्मेवारीपन देखाएको बताए । जसका कारण सरकार आफै तुहिदै गएको उनको टिप्पणी छ ।

४. एमालेले न्यायपालिकामा आफ्नो कब्जा गर्न खोजेको र आफ्ना सभासदलाई सर्वोच्चको न्ययाधीश बनाएको उनको चौथो आरोप छ । ओली सरकारले न्यायापालिकालाई हातमा लिएर संसद विघटनको योजना बनाएको उनको तर्क छ ।
कोइरालाले सरकारको कार्यदिशाप्रति प्रश्न उठाउँदै सरकारको एमालेमय नीति र न्यापालिकाकामा हस्तक्षेप गर्नको खोज्नुले देशमा त्यसको परिणाम देखिन लागेको पनि बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट