२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

१६ बैशाख २०७६, सोमबार १६:२४

बैशाख १६, भक्तपुर । जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोसी गाउँपालिका–७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङलाई प्रहरीले १४ गते राति नै पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

भक्तपुर–१ इपाखेमा डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–९ बुङ्देल घरभएका १५ वर्षीया जुम्ल्याहा दुई बालिकालाई यही वैशाख १३ गते ललाइफकाई कमलविनायकको फेमिली गेष्ट हाउसमा लगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा वैशाख १४ गते राति दुवैलाई गिरफ्तार गरेको हो ।

अघिल्लो दिन दिउँसो घरबाट दुई छोरी हराएको भन्द वशैशाख १४ गते साँझ बालिकाका आमाले महानगरीय प्रहरी परिसरमा उजुरी दिएपछि खोजतलासका क्रममा सोही दिन राति ९ बजे आरोपितलाई गिरफ्तार गरेको श्रेष्ठले बताउनुभयो । पक्राउपछि आइतबार बालिकाका आमाले किटानी जाहेरी दिएको र पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य