२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-पर्यटन प्रर्वद्धनमा जोड दिऔं

२०७३, १४ बैशाख मंगलवार ०२:४४

भौगोलिक हिसाबले सानो जिल्लाका रुपमा रहेको पर्वत  छिमेकी जिल्लाहरुको तुलनामा कम पर्यटकीय क्षेत्रमा रुपमा गनिन्छ । छिमेकी जिल्ला कास्की देशकै अनुपम र पर्यटकीय गन्तव्य स्थलका रुपमा प्रख्यात जिल्ला हो भने यता बाग्लुङपनि उत्तीकै पर्यटकी तथा धार्मिक हिसाबल र म्याग्दी पनि उत्तीकै पर्यटकीय क्षेत्रका रुपमा अगाडी बढेको जिल्ला हो ।

तीन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात हुदै गएका जिल्लाका विचमा रहेको पर्वत जिल्लामा धार्मिक तथा पर्यटकीय क्षेत्र बोकेको जिल्ला हुदाँ हुदै पनि पर्यटकीय क्षेत्रका रुपमा विकसीत हुन भने अझै सकेको छैन् । जसका कारण प्रचुरमात्रमा पर्यटकीय क्षेत्रको सम्भावना बोकका ठाउँहरु हुदाँ हुदै पनि पर्वत पर्यटकीय क्षेत्रका रुपमा कमजोर सावित भैरहेको छ ।

जिल्लामा ¥याप्टीङको लागि कालिगण्डकी, पञ्चासे, डहरेको लेक, हम्पाल, मल्लाजको मल्लाज दरबार, सहश्रधारा, सेतीबेणी शालिग्राम शिला, गुप्तेश्वर, अल्पेश्वर, लुंखुको विश्वमानै दुर्लभ सवैभन्दा ठूलो महाशिला लगाएतमा अनगिन्ती पर्यटकीय क्षेत्रहरु छन् तर पहिचार र पर्यटक प्रर्वद्धन हुन नसकेका कारण जिल्ला पर्यटकीय क्षेत्रका रुपमा पहिचान  हुन सकेको छैन । पछिल्लो समयमा एक पछि अर्को पर्यटकलाई पर्वतमा आकर्षण गर्ने पर्यटकीय स्थलको निर्माण कार्यको थलानी हुदैछ ।

नेपालकै अग्ला र लामा ३ झोलुङगे पुल मध्ये कुश्मा–ज्ञादी र बडगाउँ–कैया झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ भने अर्को बडागाउँ–मुडिकुवा झोलुङ्गे पुलको निर्माण कार्य चलिरहेको छ । यसैविच विश्वकै दोस्रो ठूलो र अग्लो साहसिक पुल बञ्जिजंम्पकोे पनि निर्माण कार्यको थलानी भएको छ । कालगण्डकीमाथि अर्को पर्यटकलाई आकर्षक गर्ने मिनि केबलकारको पनि जिल्लामा संचालन भैरहेको छ भने अर्को प्यारागाल्याइडिङको लागि अनुकुल ठाउँको खोजि भैरहेको छ ।

केबलकार चढ्न मनकामना, बञ्जिमको मज्जा लिन भोटेकाशी, प्यारागाल्याइडिङ गर्न पोखराको सरङकोट जाने बाध्यता पर्वतले जिस्तारै अन्त्य गर्दै छ भने ¥याप्टीङको लागि कालिगण्डकी नदी हाम्रो साम्ु पर्यटकलाई सुसेली बोलाइरहेको छ । सवै कुृरा एक ठाउँबाट २ घण्टामा नै मनोरञ्जन लिन सकिने जिल्लामा पर्यटकीय क्षेत्रको विकास र विस्तार भएको छ तर दुखको कुरा जिल्लामा पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको करोडौ रकम कुनै व्यक्तिको हातमा परेको छ जून रक्सी र मासु अनि घुमफिरमा सकिएको छ ।

पर्यटन प्रर्वद्धनको लागि व्यक्तिको लगानीमा जिल्लामा पर्यटकीय गन्तव्य स्थलको निर्माणको थलानी भएको छ भने राज्यबाट छुट्टिएको करोडौ रकम हिनाविना पार्ने दुस्तपापीको खोजीगरी नाम सार्वजानिक गर्नेबेला आएको छ । यदि त्यो रकम जिल्लाको पर्यटन प्रर्वद्धनमा एक पैसा पनि हिनाविना नपारी लगानी गर्ने हो भने पर्वत जिल्ला पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुनेछ भने देशके नमूना जिल्लाको रुपमा स्थापित हुनेछ ।

सांसदले पनि संसदीय कोषको रकम  आफ्ना कार्यकर्ता र आफ्नोलाई खर्च गर्न भन्दा पर्यटकीय क्षेत्रको विकास र विस्तारको लागि खर्च गरे अझै पर्यटकीय नगरी बनाउ सहज हुने थियो । यहाँका युवायुवती खाडी मुलुक पलायन हुने बाध्यताको अन्त्य हुनेछ यसको लागि सरोकारवाला निकायले ध्यान दिन सके जिल्लाको मुहार पर्यटन व्यवसायले फेर्ने पक्कापक्की छ । अन्यथा हामी जिल्लाबासी माल पाएर पनि चाल नपाएको र कस्तुरीको जस्तो आफ्नो विनाको राग थाहा नपाएर भौतारिएको जस्तो हुनुपर्ने छ त्यसैले सवैले एक पटक सोचौं । जिल्लाको पर्यटन क्षेत्रको प्रर्वद्धनको लागि सवैले हातेमालो गर्दै अगाडी बढेमा जिल्ला एक नमूना पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात ह्ुने पक्कापक्की नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ