<p><b>बैशाख १८, रौतहट ।</b> दाइजोमा लाखौँ रूपैयाँ ल्याए पनि सत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्डाएको माइती पक्षले आरोप लगाएको हो ।<br></p><p>रौतहटको राजदेवी नगरपालिका ३ चण्डिहाका २४ वर्षीय विवेक तिवारीकी २२ वर्षीया श्रीमती निशा उपाध्यय तिवारीलाई माइतीबाट दाइजोस्वरूप सुत्ने पलङ नल्याएको निहुँमा चरम यातना दिई हत्या गरी आत्महत्या गरेको भन्ने देखाउन पासोमा झुण्ड्याएका मृतकका दाजु दिलीप उपाध्यायले बताए । यो समाचार मदन ठाकुरले नागरिकमा लेखेका छन् । <br></p>
May 1, 2019
काठमाडौँ - KTM, रौतहट - RTH, समाज
दाइजोमा सुत्ने पलङ नल्याएको भन्दै हत्या
By साझासवाल
2 मिनेट पढाइ










