३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

५ वटा झोलुङ्गे निर्माण हुदै

१५ बैशाख २०७३, बुधबार ०४:१२

पर्वत जिल्लामा एक पछी अर्को लामा र अग्ला झोलुङ्ग पुलहरु निर्माण गर्नेक्रम जारी छ । लामो र अग्लो झोलुङ्गे पुलहरुको जिल्लाको नामबाट पहिचान बनाएको पर्वतमा चालु आर्थिक बर्षमा थप ५ वटा झोलुङ्गे पुलहरु निर्माण हुने भएका छन् ।

जिल्ला विकास समिति पर्वतले दिएको जानकारी अनुसार पर्वतका विभिन्न ग्रामीण क्षेत्रका खोलाहरुमा चालु आर्थिक बर्षमा थप पाँचवटा छोटो झोलुङ्गे पुलहरु निर्माण हुने भएका हुन । जिल्लामा दुईवटा अग्ला झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भईसकेका छन् भने अर्को एउटा अग्लो पुल निर्माणधिन अवस्थामा रहेको छ ।

जिल्लामा हालसम्म एक सयवटा झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भईसकेको जिल्ला विकास समिति पर्वतका सव इन्जिनियर शिव बरालले जानकारी दिए । १ सय २० मिटर लम्बाइसम्मको झोलुङ्गे पुल स्थानीय निकाय र उपभोक्ता समिति मार्फत निर्माण गरिन्छ भने १ सय २० मिटर भन्दा माथिका पुलहरु केन्द्रबाट ठेकेदार कम्पनी मार्फत निर्माण हुने गरेको छ । जिल्लामा चालु आर्थिक बर्षमा उपभोक्ता समिति मार्फत ५ वटा झोलुङ्गे पुलहरु निर्माणको तयारीमा रहेको जिल्ला विकास समितिले जनाएको छ ।

चालु आर्थिक बर्षमा शंकरपोखरी र ठानामौला जोड्ने लमायखोलाघाट झोलुङ्गे पुल, भगरा र शंकरपोखरी जोडने खाल्टेखोला झोलुङ्गे पुल, नियाल्नीघाट झोलुङ्गे पुल, कमल जैसीथान झोलुङ्गे पुल , गेडी खोला माथि घनघनेघाट झोलुङ्गे पुलको निर्माण कार्य शुरु हुन लागेको छ । एक सय २० मिटर भन्दा थोरै लम्बाई भएका यी पुलहरुको निर्माण कार्यका लागि जिल्ला विकास समिति र स्थानीय गैह्र सरकारी संस्थाहरुले प्राविधिक तथा सामाजिक सहयोग उपभोक्ता समितिहरुलाई गर्दै आएका छन् ।

छोटा झोलुङ्गे पुलहरु निर्माण गर्नका लागि नेपाल सरकारको क्षेत्रगत कार्यक्रम (स्वाप), जिल्ला विकास समिति, गाउँ विकास समितिको आर्थिक सहयोग रहेको छ । यस्ता पुलहरु निर्माणका लागि भने स्थानीय उपभोक्ताहरुले बढिमा ३ प्रतिशत श्रमदान समेत गर्नुपर्ने जिल्ला विकास समिति पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट