२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

श्रमिक अर्थतन्त्रको मेरुदण्ड हो: मन्त्री घिमिरे

१८ बैशाख २०७६, बुधबार ०९:१०

वैशाख १८, विराटनगर | श्रम, सीप र पसिना बगाउने श्रमिकका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् ।

श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै अर्थतन्त्र चलायमान राख्न ठूलो मद्दत गर्ने श्रमिकका उपचारका लागि श्रमिक अस्पताल बन्नुपर्ने उनीहरुको माग रहेको छ ।

‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हामो अभियान’ प्रमुख नाराकासाथ १३० औँ अन्तराष्ट्रिय मे दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)द्वारा आज यहाँ आयोजित समारोहमा वक्ताले सो धारणा राखेका हुन् ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका श्रमिकको हकहित र अधिकारलाई सरकारले सुदृढ गर्दै लैजाने बताउनुभयो ।

उहाँले तीन तहको निर्वाचनपछि बनेका तीन तहका सरकारले श्रमिक ऐन पालना गर्ने र यसबाट मजदूर लाभान्वित हुने भन्दै श्रमिकले कति पनि द्विविधा नराख्न आग्रह गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले न्यूनतम ज्याला पाउन नसक्ने मजदूरको पारिवारिक अवस्थालाई ध्यानमा राखेर पनि सरकारले श्रमिक ऐनलाई कार्यान्वयन गराउनतर्फ केन्द्रित रहनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जगत चौधरी, अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जगत सिङ्खडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासङ्घ मोरङका अध्यक्ष टीका प्रसाईं र सचिव निलम ढुङ्गेलले मजदूरका समस्या समाधान भएमा देशले काँचुली फेर्ने विचार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’