पर्वत सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नक्कली विद्यार्थीलाई आफ्नो विद्यालयको विद्यायर्थी बनाएर यहाँका विद्यालयहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि फुत्काउने योजना बनाएको रहस्य ख्ुलेको छ । यहि वैशाख ६ गते बाट जिल्लामा राष्ट्रपति रनिङशिल प्रत्योगिताका छनोट खेलहरु श्ुरु भएको थियो ।
राष्ट्रपति रनिङ शिल्डका लागि मंगलबारबाट शुरु भएको फाइन खेलमा कुश्मा नगरपालिका भित्रका विद्यालयहरुले खेलाडी किनेर खेलमा सहभागी गराएको पाइएको हो । माध्यमिक तहका विद्यार्थीहरुलाई सहभागी गराइने खेलमा सो भन्दा उपल्लो र गैरविद्यार्थीको साहरा लिएर विद्यालयहरुले शिल्ड आफ्नो पक्षमा ल्याउन खोजेको आयोजक जिल्ला खेलकुद विकास समितिबाट खेलका संयोजक बनेकाहरुले बताएका छन् ।
शिवालय मावि कुश्माका खेल शिक्षक मेगराज भुसालले धेरै जसो उच्च मावि नियम विपरीत खेलाडी सहभागि गराएर शिल हात पार्न दुशप्रयास गरेको आरोप लगाएका छन् । मावि तहका विद्यार्थी सहभागी हुने प्रत्योगितामा अन्य तह र गैर विद्यार्थीको सहभागीता गराएर शिल्ड फुत्काउने सपना यहाँका विद्यालयहरुले गरेको उनको दाबी छ ।
मावि तहमा अध्ययन गर्ने विद्यार्थीको उमेर बढीमा १८ बर्ष हुने भएता पनि खेलमा भने सो भन्दा बढी उमेर समुहका खेलाडी समेत सहभागी भएको देखिन्छ । यता जिल्ला खेलकुद विकास समिति पर्वतले पनि विद्यालयका प्रधानध्यापकले सिफारिस गरेका विद्यार्थीलाई खेलमा सहभागी गरेको बताएको छ । विद्यालयले दिएको सिफारिसको आधारमा खेलाडीलाई खेलमा सहभागी गराएको तर गैर जिम्मेवारीपन विद्यालयले देखाएको भए यसको जिम्मेवारी सम्बन्धीत विद्यालयले लिनुपर्ने खेलकुद विकास समितिका सदस्य सचिव युवराज पराजुली बताउँछन् । विद्यालयको छाप र प्रअको सीफारीस अनुसार आँफुहरुले विद्यार्थीहरुलाई खेलमा सहभागि गराएको उनको भनाई छ ।
जिल्लामा राष्ट्रपति रनिङशिल खेलमा क्षेत्र नं १ बाट १९ विद्यालय र क्षेत्र न २ बाट १२ विद्यालयहरुले सहभागिता जनाएका छन । निर्देशिमा माध्यमीक तह सम्म अध्यायन गर्ने वालवालिकाले खेलमा सहभागिता जनाउन पाउने व्यवस्था छ । तर राष्ट्रपति खेलमा भने उच्च मावि तहमा अध्यायन गर्ने विद्यार्थी र राष्ट्रिय स्तरका क्लबका खेलाडी समेत खेलमा सहभागी भएको गुनासो आइरहेको छ ।
विद्यालय स्तरीय खेल प्रतियोगितामा गैर विद्यार्थी सहभागी भएमा र त्यसको कारवाहीको बारेमा भने खेलकुद विकास समितिले केहि निर्णय गरिसकेको गरेको छैन । सातौ पटक संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मात्रै नभई विगतमा बर्षमा पनि यसरीनै गैर जिम्मेवारीपन यहाँका विद्यालयहरुले देखाउँदै आइरहेका छन् । भने यस बर्ष क्लबमा आबद्ध र माथिल्लो तहका विद्यार्थी खेलमा सहभागी भएको स्वयम आयोजक खेलकुद विकास समितिले स्वीकार गर्छ तर के गर्ने त्यस्ता विद्यालयलाई भन्नेबारेमा भने बोल्न सकेको छैन । विद्यालयस्तरीय खेलकु्द कार्यक्रमा विद्यालयले गैरजिम्मेवारी पन देखाउनु खेलको नियम र उदेश्य विपरित भएको जिल्ला एथलेटिक्स सयोजक कृष्ण नेवारले बताउँछन् ।
गैरजिम्मेवारीपन देखाउने विद्यालयलाई अहिले के गर्ने र आगामी दिनमा के गर्ने भन्नेबारे जिल्ला खेलकुद समिति केहि सोच्न समेत सकेको छैन । राष्ट्रपति रनिङ शिल्डका लागि खेलहरु जारीनै छन् आलोचना र विरोध भैरहेको छ । खेलकु्द समिति र जिल्ला शिक्षा कार्यालयको समन्वय हुन नसक्दा खेलकुदमा पनि स्वार्थ र राजनीति भएको खेलप्रेमीको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय स्तरको लागि आयोजना गरीएका खेलक्ुदमा गैरजिम्मेवारी पनि देखाउनुले पनि विद्यालयहरुलाइै शिल्डको लोभ लागेको र यस्तो भएको बुभिएको छ । सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३१ विद्यालयले सहभागीता जनाएका छन् ।