२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकै दिन चारको जटिल शल्यक्रिया

१९ बैशाख २०७६, बिहीबार १४:४७

बैशाख १९, हुम्ला– दुर्गम हिमाली जिल्ला हुम्लामा एक दिन आज चार सुत्केरीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जिल्ला अस्पतालले यसभन्दा पहिला पनि सुत्केरीको शल्यक्रिया गरेको थियो । 

अस्पतालमा दुई एमजिडिपी चिकित्सक र अन्य सहयोगी कर्मचारीको व्यवस्था हुँदा सो शल्यक्रिया गर्न सकिएको जिल्ला अस्पतालका डा अमृत विष्टको भनाइ छ । खार्पुनाथ गाउँपलिका–३ रायागाउँ निवासी खतराको मुखमा पुगेकी २८ वर्षीया सुत्केरी जौका टमटाको ज्यान जोगिएको छ । खार्पुनाथ–३ की टमटाको शल्यक्रिया गरी शिशु निकालिएको छ ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था ठीक रहेको जिल्ला अस्पतालमा कार्यरत डा विष्टलाई उद्धृत गर्देै अनमी सरिता बोहराले बताइन् । उनका अनुसार प्रश्रव पीडामा छटपटाइरहेकी टमटालाई उपचारका लागि तीन दिनअघि अस्पताल ल्याइएका थियो ।

स्वास्थ्यचौकी रायमा नियमित टमटाको स्वास्थ्य जाँच गर्दा पेटमा शिशु उल्टो बसेकाले सुत्केरी हुन नजीकै स्वाथ्यचौकीमा सम्भावना नभएपछि जिल्ला अस्पतालमा लगिएको हो । हुम्लाजस्तो दुर्गम ठाउँमा जटिल प्रकृतिको शल्याक्रिया सफल हुनु हुम्लाका लागि खुशीको कुरा भएको उनले बताए । जिल्ला अस्पतालका डा.विष्टको नेतृत्वमा डा.सिद्धार्थ, अनमी बोहरा, स्वाथ्यकर्मी प्रेम भण्डारीलगायत चिकत्सकको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका छन् ।

हुम्लालगायत दुर्गम जिल्लामा सङ्घीय र कर्णाली प्रदेश सरकारले एअरलिफ्टमार्फत बिरामीको उद्धार गरिरहेका बेला जिल्ला अस्पतालले आज चार जनाको शल्यक्रिया गरेको छ, जसमा दुई मुख्य र दुई सामान्य शल्यक्रिया छन् । 

शल्यक्रियामा संलग्न विशेषज्ञ चिकित्सक एमजिडिपी डा सिद्धार्थ खाती र डा.विष्टको सहभागिताले शल्यक्रिया पूर्ण सफल भएको अनमी सरिता बोहराले बताइन् । त्यस्तै अर्को स्त्रीरोगका बिरामी र  कान च्यातिएका दुई बिरामीको शल्यक्रिया भएको छ । स्काभेटर दुर्घटनामा मङ्गलबार बिहान दुर्घटनामा परेका सर्केगाड–६ का विष्णु बुढाको बुधबार हड्डी र मासु जोड्ने ‘टेण्डन रिप्युटर’ शल्यक्रिया जिल्लामै पहिलो पटक भएको पनि अनमी बोहराले जानकारी दिए । 

जिल्लामा विशेषज्ञ चिकित्सक र पर्याप्त मात्रामा उपकरण नहुँदा बिरामीलाई सेवा दिन नसकिएको र सामान्य विषयमा  पनि जिल्ला बाहिर सिफारिश गर्नुपर्ने बाध्यता अबदेखि हटेको छ । सडकले नछोएको हुम्ला  जिल्ला अस्पतालले पटक पटक साधारण र जटिल शल्यक्रिया गरेको जिल्ला अस्पतालका अनमी बोहराले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य