३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रजिअले गरे तीन करोडको खानेपानी आयोजनको शिल्यान्यास

१७ बैशाख २०७३, शुक्रबार ०३:३१

 20160427_083024

पर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले व्यक्तिको लगानीनै दिगो विकासको उपज भएको बताएका छन् । व्यक्ति व्यक्तिबाट संचालन भएको संघसस्थाबाट गरीएको लगानी दिगो र टिकाउने हुने ढकालले बताएका हुन् । सरकारी तह र स्तरबाट गरीने लगानीमा दिगोपना नहुने र दिगोपन गराउनको लागि पनि समाज अग्रसर नहुने तर स्वंयम व्यक्तिबाट भएको लगानीको प्रतिफल र विकास दिगो हुने उनले बताए ।

बुधबार शिवालय खानेपानी उपभोक्ता  तथा सरसफाइ संस्थाको २ सय ५० घन मिटरको नयाँ खानेपानीको टंकी उद्घाटन गर्नको लागि चिलाउनेचौतारा पुगेका प्रजिअ ढकालले यस्तो बताएका हुन् । कार्यक्रममा टंकीको शिल्यान्यास गर्दै प्रजिअ ढकालले  खानेपानी संस्थालाई नगपालिकाले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । स्थानिय विकासको जिम्मा पाएको स्थानिय सरकारको रुपमा रहेको जिल्ला विकास समितिले नगर क्षेत्रको विकास र खानेपानीमा नागरीकको पहुँच पु¥याउने उदेश्यका साथ आयोजना गरेको कार्यक्रममा सहभागी नभएर गैरजिम्मेवारी पन देखाएको उनले आरोप समेत लगाए । ६ सय ३ नीजि र २७ सार्वजानिक धारासहित खानेपानी सम्बन्धी भौतिक संरचना निर्माण गरी २०५८ सालमा संस्थाले हस्तान्तरण लिएर कुश्माबजारीबासीलाई खानेपानीको पहुँचा पु¥याउँदै आएको छ ।

बजारको बढ्दो जनसंख्याका कारण पानीको कम हु्न थालेपछि संस्थाले उक्त टंकीको निर्माण कार्यको थलानी गरेको हो भने थप स्लोस्याण्ड फिल्टरको निर्माण, खरेहामा १ सय घ. मिटरको टंकी निर्माण, चुवाट भएको ३ सय घन मिटरको टंकीको मर्मत, प्रसारण लाइन थप गर्ने योजना संस्थाले राखेको छ । उक्त कार्य सम्पन्न गर्नको लागि ३ करोड ४२ लाख ८७ हजार ९ सय ७४ खर्च लाग्ने बताइएको छ । उक्त बजेटमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र बाँकी ३० प्रतिशत संस्थाको हुनेछ ।

५०÷५० प्रतिशतको अबधारणामा दोस्रो साना शहरी खानेपानी तथा  उपभोक्ताको क्षेत्रगत आयोजना अन्तरगत नयाँ योजना २०६१ सालबाट नेपाल सरकार, नगरविकास कोष र उपभोक्ताको सहकार्यमा ८ करोड ५२ लाख ५४ हजार २ सय १२ रुपैयाँ र सरफाई तर्फ ४२ लाख ५४ हजार ६ सय ७६ रुपैयाँ गरी कुल ८ करोड ९५ लाख ८ हजार ८ सय ८९ मा आयोजना संचालनमा आएको थियो । संस्थाले पातिखोला र क्यादी खोलाको मुहानबाट पानी पाइपलाइनबाट प्रसारण गरी क्ुश्मा क्षेत्रमा ल्याएको छ । भने संस्थाका १८ हजार भन्दा बढी उपभोक्ता रहेको संस्थाका अध्यक्ष तारानाथ शर्माले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख चण्डीका पौडेर र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेम प्रसाद डोटेलले संस्थालाई आफ्नो कार्यालयबाट हुने सहयोग गर्ने बताएका थिए भने उक्त कार्यक्रको स्वागत उपाध्यक्ष मिना कर्मचार्य र संचालन सचिव रविकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट