2026-08-24 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पत्रकारिता पुरस्कार भण्डारीलाई

वैशाख २१, विराटनगर (रासस) | प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले मुलुकमा सुशासन कायम गर्न सञ्चार जगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङ र भवानीप्रसाद–जीवादेवी स्मृति कोषद्वारा २६ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा भवानीप्रसाद–जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार–२०७५ पुरस्कार शुक्रबार यहाँ वितरण गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

उक्त पुरस्कार विराटनगरमा प्रकाशित हुने उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारीलाई नगद रु ४१ हजार १११ र सम्मानपत्रसहित प्रदान गरियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सञ्चार जगत् समाजको ऐनाको रुपमा रहेको बताउनुभयो । पुरस्कृत व्यक्तित्व भण्डारीले पुरस्कारले आफ्नो जिम्मेवारी बढाएको बताउनुभयो । 

राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन क्षेत्रीय प्रमुख हेमराज रेग्मीले आगामी दिनमा पुरस्कार राशि बढाउने जानकारी दिनुभयो । महासङ्घका मोरङ सभापति बन्धु पोखरेल, महासङ्घ प्रदेश महासचिव विवेक गौतम, महासङ्घका उपसभापति कुमोद अधिकारी, महासङ्घ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलगायतले लोकतन्त्रमा पत्रकारले स्वतन्त्र र भयरहित वातावरणमा काम गर्न पाउने पर्ने विचार व्यक्त गर्नुभयो । 

 

पत्रकार रेग्मी, प्रा डा उदयराज, प्रदीपकुमार, राजेशकुमार र उमा रेग्मीले आफ्नो मातापिताको स्मृतिमा मोरङलाई कार्यक्षेत्र बनाई १५ वर्ष पत्रकारिता गरिरहेको एक जनालाई पुरस्कार प्रदान गर्न रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन