२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा ट्र्याक्टरबाट खसेर एकको मृत्यु

२०७६, २१ बैशाख शनिबार १६:२७

 वैशाख २१, बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं १ आरुबोटेस्थित आज बेलुका ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार महाभारत गाउँपालिका वडा नं १ आरुबोटेस्थित गोकुलेबाट आरुबोटेतर्फ जाँदै गरेको ना३त ९१०३ नंको ट्र्याक्टरमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३५ को लालमान जिम्बा पछाडिबाट खस्न गई ट्र्याक्टरको चक्काले ढाडमा किच्दा घाइते भएको र तत्कालै उपचारका लागि स्थानीय मेडिकलमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको हो । शव सोही मेडिकलमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

यसैबीच आज बिहान काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका वडा नं ८ भुम्लुटारस्थित मादनकुँडारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख १३८३ नंको यात्रुबाहक बस ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार रहेका थिए ।

घाइतेमध्ये केहीको स्थानीय मेडिकल र केहीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको छ भने गाडी चालक सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट बस्ने ३१ वर्षीया ईश्वर कार्कीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित