2026-11-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बारा र पर्सामा एकै साथ आवास निर्माण शुरु

नारायण न्यौपाने | वैशाख २१, फेटा (बारा) (रासस) | सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ ।

जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियाँ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले महागढीमाई–७ तेलगाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुवर्ण गाउँपालिका–४ हर्दिया तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पचरौता नगरपालिका–७ बेनौलीमा पुगेर जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने निजी आवास भवनको शिलान्यास गर्नुभएको हो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले परवानीपुर–४ चैनपुर, गृहमन्त्री रामबहादुर थापाले प्रसौनी गाउँपालिका–४ खटुवाजग्दी, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले फेटा गाउँपालिका–४ भरबलिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले भलुहीमा आयोजित समारोहमा निर्माण गर्न लागेका जनता आवासको शिलान्यास गर्नुभएको थियो ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुर र सोही नगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बीना मगरले जनता आवास कार्यक्रमको  शिलान्यास गर्नुभएको हो । त्यसैगरी, प्रदेश नं–२ का मुख्यमन्त्री लालबाबु राउतले कलैया उपमहानगरपालिका– १३ छोट्की फुलबरिया र देवताल गाउँपालिका–७ रामपूर्वा पुगेर घर निर्माण कार्यकोे शिलान्यास गर्नुभएको थियो ।

 उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाले बारामा एक हजार ३६२ तथा पर्सामा ९१ घर निर्माण गरी साउनसम्ममा हस्तान्तरण गर्ने जनाएको छ । उक्त कार्यक्रमका लागि सरकारले नेपाली सेनालाई रु ७९ करोड उपलब्ध गराउने छ । जनता आवास अन्तर्गत बन्ने तीन कोठे भवन निर्माण लागत प्रति घर रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ । सो कार्यका लागि नेपाली सेनाका प्राविधिकसहित तीन हजार सैनिक खटिने छन् ।

 गत चैत १७ गतेको चक्रपातमा २८ को मृत्यु हुनका साथै ठूलो परिमाणमा भौतिक संरचना र सम्पति क्षति भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सरकारले प्राथमिकताका साथ बारा र पर्सामा अघि बढाएको जनता आवास कार्यक्रमलाई सहयोग पुर्याउन स्थानीय र जनप्रतिनिधिलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली सेनाले उच्च प्राथमिकताका साथ. वर्षा अगाडि नै आवास निर्माण सम्पन्न गर्नेछ, यो परियोजनालाई सफल तुल्याउन सङ्घीय, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्छ, आपत्विपत्मा परेका जनताको समस्या समाधान एक भएर अघि बढौँ, आवास निर्माणका लागि आवश्यक बजेटसहित कार्ययोजना बनाइएको छ ।”

उपप्रधानमन्त्री यादवले भन्नुभयो, “जनता आपतविपत् र प्राकृतिक विपत्तिमा परेका बेला राज्यले जनतालाई राहत दिनु कर्तव्य हो, जनताको साथमा हामी छौ, राज्य छ, सरकार छ, जनता निरही छैनन् भन्ने कुराको सन्देश आज हामीले दिएका छौ ।”

गृहमन्त्री थापाले भन्नुभयो, “जहाँ जनतालाई सङ्कटपर्छ, त्यहाँ सरकारसँगै हुन्छ भन्ने सन्देश दिएका छौं, एकै दिन १२ स्थानबाट कामको थालनी हुनुले काम समयमै हुन्छ, सेनाले यस किसिमको काम फत्ते गर्दै आएको छ, यो काम पनि बर्षात् अघि नै पूरा गर्दछ ।” उर्जामन्त्री पुनले निर्माणको कामलाई तदारुकताका साथ गर्न र बर्षाद अघि नै सम्पन्न गर्ने लक्ष्य राखेर निर्माणको कामको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताउनुभयो । 

शहरी विकासमन्त्री राईले जनता आवासअन्तर्गत बलियो घर निर्माण हुने र त्यसमा एउटा सानो परिवार समान्य ढङ्गबाट बस्न सक्ने बताउनुभयो । उहाँले बर्षात् अघि पीडित बलियो छानामुनी बस्न सकुन भनेर छिटो तयार गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको जानकारी गराउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री राउतले हावाहुरी प्रभावित बारा र पर्साका जनताको राहतका लागि सङ्घीय सरकारले देखाएको चासो र चिन्ताप्रतिको कामको स्वागत गर्दै नेपाली सेनाले समयमै सम्पन्न गर्ने गरी कार्यायोजना बनाएर गरेको कामप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले नेपाली सेनाले पुनःनिर्माणको जिम्मेवारीलाई चुनौती र अवसरका रुपमा लिएर स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी भवन निर्माण तोकिएको समयभित्र सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । 

पर्सा जगरनाथपुरका हावाहुरी प्रभावित पुनकाल साहले भन्नुभयो, “हामी अत्यन्त खुशी भएका छौँ सरकारका मन्त्री आएर हाम्रो घरको शिल्यान्यास भएको छ, नेपाली सेनाले नयाँ घर बनाएर दिने भनेको छ, हामी वर्षात् अघिनै नयाँ घरमा बस्न पाउनेमा ढुक्क छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द