2026-09-01 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एड्वानको सार्वजनिक सुनुवाइ

वैशाख २१, चितवन (रासस) | रत्ननगर नगरपालिकाकी सीता सुनारको जीवनमा एउटै उद्देश्य छ, आफ्ना छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने  । लैङ्गिक विभेदबारे जानकारी पाउनाका साथै चेतना अभिबृद्धि भएपछि उहाँमा  छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच पलाएको हो । 

दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान)ले यहाँ आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सीताले मात्र होइन, अधिकांश महिलाले आफ्ना छोरीलाई जसरी भए पनि विद्यालय पठाउने प्रण गरेका छन् । एड्वानले सञ्चालन गरेको महिला सशक्तीकरणसँगै आत्मनिर्भरनताका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेकाले उहाँहरूको सोचमा  परिर्वन आएको हो ।

एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार÷व्यावसायका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको छ । राज्यको मूलधारबाट पछाडि पारिएका गरीब तथा दलित महिलालगायत अति सीमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिकरुपमा सशक्त बनाउने उद्देश्यले एड्वानले त्यस्ता समुदायको अधिकारका लागिसमेत पैरवी गर्दै आएको छ ।

सामाजिक अभियान्ता तथा एड्वानकी संरक्षक डा विष्णुमाया परियारले सबै प्रकृतिका विभेद अन्त्य गर्दै शिक्षमा समान पहँुच हुनुपर्नेमा जोड दिनुभयो । एड्वानले शुरुदेखि नै गरीब विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नाका साथै ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायलाई  आयमूूलक सीपसमेत सिकाउँदै आएको छ ।

विसं २०५५ मा स्थापना भएको एड्वानले अहिलेसम्म आर्थिक अवस्था कमजोर भएका एक हजार विपन्न विद्यार्थी छात्रवृत्ति प्रदान गरिसकेको छ । सो संस्थाका अध्यक्ष पम्फा परियारले विसं २०५९ देखि २०६८ सम्म विद्यालय पोशाक वितरण कार्यक्रमसमेत सञ्चालन गरेको र सो कार्यक्रममार्पmत गोरखा, बागलुङ, अर्घाखाँची, चितवन, मुगु, झापा र इलामका १५ हजार ६७३ छात्रछात्रा लाभान्वित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला