२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली काङ्ग्रेसका नेताहरुद्वारा बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको माग

२१ बैशाख २०७६, शनिबार १८:०६

वैशाख २१, रुपन्देही (रासस) | जिल्लास्तरीय नेपाली काङ्ग्रेसका नेताहरुले बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन् । 

बुटवलमा आज आयोजित पत्रकार भेटघाटमा नेताहरुले भ्रष्टाचार र जग्गा काण्डका दोषी सबैलाई कानूनअनुसार कारवाही गर्न माग गरेका हुन् । बालुवाटार जग्गा काण्डमा आफ्नै पार्टी सभापतिको  नाम पनि मुछिएको प्रसङ्ग पत्रकारले उठाएपछि जवाफमा ती  नेताले जुनसुकै पार्टीको भए पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।उनीहरूले  जनतालाई ढाँट्ने छल्ने कुनै पनि पार्टीका नेतालाई छोड्न नहुने र हाम्रै पार्टीका नेता तथा कार्यकर्ता परे पनि कारवाही गर्नुपर्नेमा जोड दिए  ।

काङ्ग्रेस नेता युवराज गिरीले संविधान र नेपालको प्रचलित कानूनबमोजिम सत्यतथ्य जनतासामु ल्याएर दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो । मुलुकमा भ्रष्टाचार र बेथिति बढेको टिप्प्णी गर्दै उहाँले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका  गिरीसहित  प्रदेशसभाका उम्मेदवार महेशमान सिंह र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिकाको  प्र्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, सैनामैना नगरपालिकाका प्रमुखका उम्मेदवार फणिन्द्र शर्मा  र तिलोत्तमा नगरपालिकाको प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले देश र जनताप्रति जवाफदेही हुन सबैलाइ अनुरोध गर्नुभयो ।

कराँते खेलाडीका लागि कार्यशाला 

कराँते खेलाडीको क्षमता बढाउने उद्देश्यले जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका प्रमुख प्रशिक्षक केबी रानाको नेतृत्वमा गएको एक टोली भारतको बैङ्गलोरमा आयोजित कार्यशाला गोठीमा सहभागी भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ बैङ्गलोरको आयोजनामा आजदेखि शुरु भएको सो कार्यशाला तथा ‘बेल्ट’ परीक्षणमा कर्नाटक राज्यको २० जिल्लाका  १५० खेलाडी सहभागी छन् ।

छ दिन सम्म चल्ने प्रशिक्षणमा नेपाली टोलीका प्रमुख प्रशिक्षक रानाले कराँते बिधाअन्तर्गत आत्मरक्षा कला, सन्तुलित भोजनलगायत  विषयमा प्रशिक्षण दिनुहुने छ । बैंगलोरको विजयनगरमा आयोजित प्रशिक्षणमा ७ देखी ३४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको कार्यशालाका स्थानीय संयोजक कार्थे राजाले जानकारी दिनुभयो । एघार दिन अघि मात्रै भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा प्रशिक्षक रानाको नेतृत्वमा गएको उक्त टोलीले २० वटा स्वर्ण पदक जितेर समूह विजेता बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड