२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोशी अस्पताललाई विशिष्टिकृत गरिने

२१ बैशाख २०७६, शनिबार १८:२६

वैशाख २१, विराटनगर (रासस) | पूर्वक्षेत्रको सबैभन्दा पुरानो विराटनगरस्थित कोशी अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्ताललाई समयसापेक्ष सुदृढ गर्न र घातक रोगको उपचारसमेत गर्न अस्पताललाई विशिष्टिकृत गर्ने प्रयास भइरहेको छ । विसं २०१३ मा त्रिभुवन स्मारकको नामबाट शुरु गरिएको सो अस्पताल कोशी अञ्चल अस्पताल हुँदै अहिले कोशी अस्पतालमा परिणत भएको छ । चालिस वर्षअघि निर्माण गरिएको  सो अस्पतालले अहिलेको बिरामीको चापलाई  पूरा गर्न कठिन भइरहेको अस्पतालको ठहर छ ।

मुुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा अवस्थित यो अस्पताललाई प्रदेश सरकारले समयानुकुल  बनाउन लागिरहेका बेला पुनः सङ्घीय सरकारकै मातहत राखिएको  छ । प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र प्रदेश सरकारले अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत संस्था बनाउन लागिरहेको अवस्थामा यो काम रोकिएको हो । काठमाडौँस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत गरिसकेको यो अस्पतालमा आउने वर्षमा एमबीबीएसको पढाइ शुरु गर्ने र यसवर्ष एमडी कक्षा चाँडै सञ्चालन गर्ने प्रदेश सरकारको तयारी थियो । दैनिक नेपाल–भारतका गरी करीब एक हजार २०० बिरामी आउने यो अस्पताललाई  सुधार गरी सरसफाई , बन्द प्रयोगशाला सञ्चालन, यन्त्र र उपकरण थप्न प्रदेश सरकारले पनि सहयोग गरेको छ ।

विगतमा घाटामा सञ्चालित यो अस्पतालमा प्रदेश सरकारको निगरानी र चासो बढ्न थालेपछि मासिक रु तीन लाख आम्दानी गर्न थालेकाले यो अस्पतालप्रति प्रदेश सरकारको आशा जागेको थियो ।  अस्पतालका बिषयमा प्रदेशसभा सदस्य सावित्रा रेग्मीले अस्पतालमा अहिलेको आवश्यकता अनुसार  आईसीयू, भेन्टिलेटर र दरबन्दीअनुसारका चिकित्सक तथा विषयगत विज्ञ चिकित्सकको आवश्यकता देखिएको जानकारी दिनुभयो ।

उहाँले यो अस्पतालको स्तरोन्नतिपछि प्रदेशका जनताले उपचारमा सहुलियतका साथै सुविधा उपभोग गर्न पाउने भएकाले यसतर्फ प्रदेश सरकारकोे विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो । अस्पतालमा पछिल्लो सयममा प्रसूतिगृहको समस्या देखिएकाले  अमेरिकी सेनाको रु १२ करोड  सहयोगमा १०० श्ययाको प्रसूतिगृह निर्माण थालिएको छ  । अस्पतालमा प्रसूतिगृहमा दरबन्दीअनुसारका चिकित्सक नभए पनि गएको वर्षमा नौ हजार प्रसूतिका बिरामीमा दुई हजार १०० को शल्यक्रिया भएको चिकित्सक सङ्गीता मिश्राले बताउनुभयो ।हाल अस्पतालमा १३ विभाग रहे पनि सबैभन्दा बढी प्रसूतिको सेवा लिने बिरामीको सङ्ख्या प्रतिशत ४० छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’