महेन्द्र जिसी पर्वत जिल्ला प्रशासन पर्वतले प्रथम राष्ट्रिय पत्रकारीत दिवष मनाउने तयारी गरेको छ । कार्यलयले राजनीतीक दलका भात्री प्रेस संगठनको पदाधिकारीहरुसँग मिलेर दिवष मनाउन थालेको हो । मिती २०७२ साल चैत्र २४ गतेको विभागको पत्र अनुसनर कार्यलयले पहीलो पत्रकारीता दिवष मनाउने तयारी थालेको छ । कार्यलयले गत वैशाख २३ ,२४ र २५ गते पत्रकारीता दिवष मनाउने जनाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी झंक नाथ ढकाल अध्यक्षतामा बसेको वैठकले प्रेस चौतारी ,प्रेस युनीयन तथा क्रान्तीकारी पत्रकार संघ र महासंघका पदाधिकारीहरको सहभागितामा दिवष मनाउने निर्णय गरेको हो । विभागको पत्र .नं. १३६७ अनुसार प्रथम पत्रकारीता दिवष मनाउने तयारी भईरहेको छ । वैठकमा वैशाख २३ गते कुश्मा बजार सरसफाई गरेर र २४ गते प्रभात फरी त्यसै गरी २५ गते फुटवल खेलाएर दिवष मनाउने निर्णय गरीएको छ । स्थानीय रुपमा कृयाशिल सञ्चार माध्यमलाई जानकारी नै नगराई दिवष मनाउन थालिएको हो । दलका भात्री संगठनका अध्यक्षहरु मात्र वोलाएर प्रशासनले पहीलो पत्रकारीता दिवष मनाउन थालेको हो । प्रशासनले नै राजनीतीक दलका भात्री संगठनका प्रतिनिधिहरुको सहभागिता दिवष मनाउनुले स्वतन्त्र प्रेसलाई भन्दा दलिय पत्रकारलाई मात्र प्रसर्य दिएको स्थानीय रुपमा कृयाशिल पत्रकारहरुले बताएका छन । उनिहरुले जनताको सुचनाको हक सुनिश्चित गर्न स्वतन्त्र रुपमा पत्रकारीता क्षेत्रलाई मुख्य क्षेत्र बनाएर कृयाशिल रहँदै आएका प्रत्रकारहरुलाई प्रशासनले स्थान नदिएको गुनासो गरेका हुन । वास्तवीक पत्रकारीता क्षेत्रमा लागेकाहरुलाई भन्दा दलिय संरक्षणका रहेका पत्रकारलाई मात्र प्रशासनले स्थान दिनुले स्वतन्त्र प्रेस जगतमा प्रशासनले दिवषको नाममा हस्तक्षेप गर्न खोजेको कृयाशिल पत्रकारहरुको गुनासो रहेका छ ।