2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अनाथ बालबालिकाका सारथी समाजसेवी थापा

वैशाख २२, दोलखा (रासस) | असहाय बालबालिकालाई  सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कूल ब्याग सहयोग गरेका छन् ।

जिल्लाको गौरीशङ्कर बालगृहमा रहेका २९ बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बालगृह पुगेर रु ३२ हजार बराबरको स्कूल ब्याग,  मिठाइ र खानेकुरा बाँडेका हुन् ।

थापाले भीमेश्वर नगरपालिका–५ मा रहेको  बालगृहका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट वर्षेनी सहयोग गर्दै आएको केन्द्र प्रमुख सुरज विष्टले बताउनुभयो । विष्टले भन्नुहुन्छ,  “अघिल्लो वर्ष  थापाले ओच्छ्याउने तन्नाका साथै दुई वर्षअघि स्टेशनरी सामग्री सहयोग गर्नुभएको थियो ।” बालगृहका प्रमुख विष्टका अनुसार व्यवसायी थापा वर्षको एक पटक सहयोग बोकेर बालगृहमा आउने गर्नुभएको छ । 

थापाको परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ, त्यहीअनुसारको सामान बोकेर आई अनाथलाई सहयोग गर्ने गरेको  विष्टले बताउनुभयो ।  चरिकोटस्थित सातदोबाटो चोकका थापा हार्डवेयरलगायतका व्यवसायमा संलग्न छन् । उहाँ  दोलखा उद्योग वाणिज्य  सङ्घका वरिष्ठ सदस्य हुनुहुन्छ । 

नेपाल बाल सङ्गठनद्वारा सञ्चालित यो बालगृह सङ्गठनकै बजेटबाट चल्ने गरेको छ ।  यस्तै बेलाबेलामा सहयोगी भावना भएका मनकारी मानिसले समेत ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो हुने गरेको विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई