३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठूलीपोखरीमा अदुवा खेती तालिम सुरु

२० बैशाख २०७३, सोमबार ०४:५२

, पर्वत
प्रmन्टलाइन नेपाल उद्यमशीलता तथा विकास संस्था पर्वतको आयोजना तथा जिल्ला विकास समिति पर्वतको सहयोगमा ठूलीपोखरी गा.वि.स.मा ३ दिने अदुवा खेती तालिम सुरुवात भएको छ । स्थानीय युवा साझेदारी कार्यक्रम, ठूलीपोखरी गा.वि.सको पाखोवारीमा अदुवा उत्पादन तथा बजारीकरण आयोजना अन्तर्गत सो तालिम शुक्रवारबाट एक कार्यक्रम बीच औपचारीक रुपमा सुरु भएको हो ।

ठूलीपोखरी गा.वि.स.का सचिव कुलप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको उद्धाटन सत्रमा जिल्ला कृषक महासंघ सदस्य भगवती शर्मा, कृषि महासंघ ठूलिपोखरीका अध्यक्ष ज्योतिन्द्र पौडेल, फ्रन्टलाइन नेपालका कार्यक्रम संयोजक घनश्याम पौडेल, फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम वाटुलेचौर नागरिक सचेतना

केन्द्रका संयोजक मिना परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक परिचालक रमेश पौडेलले गर्नुभएको थियो ।
तालिममा बाटुलेचौर नागरिक सचेतना केन्द्रका ३० जना सदस्यहरुको सहभागीता रहेको छ । कार्यक्रमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत अजय अधिकारी र ठूलीपोखरी कृषि सेवा केन्द्रका प्रमुख छन्दकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको छ ।  ३ दिने तालिम पश्चात कृषकहरुलाई विउ अनुदान सहयोग गरि ४ दिने फिल्ड अभ्यासका साथै अदुवा लगाउने समेतकोे कार्यक्रम रहेको कार्यक्रम संयोजक घनश्याम पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध