३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धनपतिले गरे विद्यालयलाई ४ रोपनी जग्गा दान

२० बैशाख २०७३, सोमबार ०५:०६

20160427_143803पर्वत, जिल्लाको बर्राचौरमा रहेको जनसेवा प्रथामिक विद्यालयलाई यहाँका एक समाजसेविले ४ रोपनी जग्गा दान गरेका छन् । धनपति न्यौपानेले उक्त विद्यालयलाई ४७२ कित्ता नब्बरको ४ रोपनी ११ आना १ पैसा १ दामको जग्गा दान गरेका हुन् । बर्राचौर ९ नौनादी निवासी न्यौपाने हाल चितवन माडी नगरपालिका २ भैरवपुरमा बस्दै आएका छन् ।

विद्यालय सार्वजानिक चौरमा रहेको र विद्यालयको आर्थिक अबस्था कमजोर भएका कारण आफुले विद्यालयलाई जग्गा दान गर्ने योजना बनाएको न्यौपाने बताउँछन् । विद्यालयको सम्पत्तीको नाममा कुनै पनि भौतिक सम्पत्ती नभएको र सार्वजनिक चौरमा विद्यालय रहेका कारण आफुलाई जग्गा दान गर्ने इच्छा जागेका कारण आफुले दान गरेको बताएका छन् । वडा नं ९ मा बस्ने भएता पनि  वडा १ मा रहेको उक्त विद्यालयलाई जग्गा दान गर्न आफु इच्छुक भएका कारण जग्गा दान गरेको बताए ।

सार्वजानिक चौरमा रहेको उक्त विद्यालयको नाममा  यो भन्दा अगाडी  कुनैपनि जग्गा नभएको र उनले जग्गा दान गरेपछि विद्यालयको पहिलो सम्पत्ती स्वरुप उक्त जग्गा भएको विद्यालयका प्रधानाध्यापक यज्ञनारायण पराजुली बताउँछन् । विद्यालयको लागि न्यौपानेले जग्गा दान गरेरे ठूलो पुण्य गरेको भन्दै पराजुलीले उक्त जग्गालाई विद्यालयको आर्थिक स्रोत बनाउने बताएका छन् । उक्त जग्गामा घाँस तथा अन्य छिटो काठ उत्पादन हुने विरुवा लगाई विद्यालयको आर्थिक अबस्था मजबूत बनाउनको लागि प्रयोग गरीने बताए । विद्यालयका विव्यस अध्यक्ष नरेन्द्र क्षेत्रीले न्यौपानेको सफा ह्दयका कारण विद्यालयको सम्पत्तीको नाममा जग्गा उपलब्ध भएको बताएका छन् । गाविसमा अन्य यस्तै समाजको सेवा गर्ने मनका मानिसहरु भए विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि हुने बताए ।

“दरबन्दी वितरण गर्दा   राजनीतिक पहु“चको आधारमा वितरण गर्दा आफ्नो विद्यालयमा आवश्यक अनुसारको दरबन्दी नपाएको विद्यालयले गुनासो गरेको छ ।”

शिक्षा कार्यालयले पहुँचका आधारमा दबरन्दी बाँड्यो

उक्त विद्यालयका प्रधानाध्यापक पराजुली तथा विव्यसका अध्यक्ष क्षेत्रीले शिक्षा कार्यालयले विद्यालयमा शिक्षकको दरबन्दी दिनको लागि हिचकिचाएको बताएका छन् । पहुँचका आधारमा र राजनीतिक आडमा शिक्षा कार्यालयले शिक्षक दरबन्दी वितरण गरेको उनीहरुको आरोप छ । अन्य विद्यालयमा आवश्यक भन्दा बढी शिक्षकको दरबन्दी भएको तर आफ्नो विद्यालयमा शिक्षकको दरबन्दी कम भएका कारण शैक्षिक गुणस्तर उकास्नको लागि कठिन भएको उनीहरुको गुनासो छ ।

उक्त विद्यालयमा स्थायी २ र राहतका १ गरी तीन जना शिक्षक रहेका छन् । प्रथामिक तहका लागि ५ जनाको दरबन्दी हुनुपर्ने भएता पनि शिक्षा कार्यालयले दरबन्दी नदिदाँ आफुहरु समस्यामा परेको विद्यालयका प्रअ पराजुली बताउँछन् । विद्यालयमा आवश्यक अनुसारका शिक्षक नहुदाँ नीजि स्रोतबाट एक जना शिक्षक राखिएको विद्यालयले बताएको छ । विद्यालय रहेको सार्वजानिक चौरको घाँस विक्रि, विवाह तथा गाउँमा जागिरे आए चन्दा मागेर र विद्यालयमा भएको दुइ वटा रुखकटरको बोटबाट सिजनमा कटहर  तथा दाउरा बेचेर नीजि स्रोतबाट शिक्षक चलाइएको विद्यालयले जनाएको छ । २०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् ।

भूकम्पले दुख दियो

बैशाख १२ र २९ गते गएको महाविनासकारी भूकम्पका कारण विद्यालयले ठूलो क्षती व्यहोरेको छ । भूकम्पबाट ४ वटा कोटा ध्वस्त भएको विद्यालयले जनाएको छ । ध्वस्त भएका कोठा मध्ये जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुई वटा कोटाको निर्माण कार्य शुरु भएको विद्यालयले जनाएको छ । भएको भौतिक संरचना पनि भूकम्पले ध्वस्त बनाउँदा आफुहरु टुहुरा जस्तै भएको र अहिले पालमा पठनपाठन गराउँदै आएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की