२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा १७ हजार सवारी साधन कारवाहीमा

२३ बैशाख २०७६, सोमबार ११:०८

बैशाख २३, नुवाकोट | जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले  स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२  चालकलाई रक्तचाप र  सात चालकलाई कलर भिजन (आँखाको समस्या) तथा अन्य चालक सामान्य रहेको  प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनु भयो । “सडक दुर्घटना रोक्न हामीले आफ्नातर्फबाट धेरै नै लागिपरिरहेका छौँ । ठाउँठाउँमा बिग्रेका बाटाको मर्मत सुधारका लागि सडक सम्बन्धित निकायसँग समन्वय गरी दुर्घटना रोक्न विभिन्न बिषयमा छलफल गरिरहेका छौँ ” उहाँले भन्नुभयो । उहाँ भन्नुहुन्छ “हामीहरुले सडकमा बिभिन्न ट्राफिक सङकेत चिन्ह राखेका छौ । चारपाङग्रे देखि दुईपाङग्रे सवारी साधन धनी र चालकहरुलाई बेला, बेलामा शिविर, अन्य बिभिन्न प्रशिक्षण कार्याक्रम गरी रहेका छौ” ।

भट्टराईका अनुसार चालु आव चैतसम्मको सडक दुर्घटनाको तथ्याङ्क हेर्दा ट्रक नौ,  ट्रिपर, बस, माइक्रोबस र ट्रयाक्टर एक एक, कार र जीप दुई तथा मोटरसाईकल सात गरी  २२ सवारी साधन दुर्घटनामा परेको छ । त्यस्तै चैतसम्म सवारी दुर्घटनामा परी मृत्यु हुनेमा पुरुष ३२, महिला पाँच तथा बालबालिका दुई  छन् । त्यसैगरी  २६ जना गम्भीर र १२ जना सामान्य घाइते भएका छन् । 

गत वर्ष सडक  दुर्घटना २२, मृत्यु हुने २४, गम्भीर घाइते हुने १४ र  सामान्य घाइते हुने ५२ रहेको  ट्राफिक कार्यालयले जनाएको छ ।  दुर्घटनामा संलग्न सवारी साधनमा ट्रक १२,  बस तीन,  कार– जिप तीन, मोटरसाइकल सात र अन्य दुई रहेको बताइएको छ । 

सवारी साधनको रुट पर्मिट नभएका, ब्लुबुक फेल भएका, सवारी अनुमतिपत्र फेल भएका र नभएका गरी करीब सत्र हजार सवारी साधन कारवाहीमा रहेका छन् । तिनमाथि  कारवाही हुँदा रु एक करोड १६ लाख १७ हजार राजस्व उठेको प्रहरी नायब निरीक्षक  भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार गत आव २०७४÷७५ मा कारवाही परेका १९ हजार ९१३ सवारी साधनबाट रु एक करोड २५ लाख ५४ हजार राजस्व उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो