2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा १७ हजार सवारी साधन कारवाहीमा

बैशाख २३, नुवाकोट | जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले  स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२  चालकलाई रक्तचाप र  सात चालकलाई कलर भिजन (आँखाको समस्या) तथा अन्य चालक सामान्य रहेको  प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनु भयो । “सडक दुर्घटना रोक्न हामीले आफ्नातर्फबाट धेरै नै लागिपरिरहेका छौँ । ठाउँठाउँमा बिग्रेका बाटाको मर्मत सुधारका लागि सडक सम्बन्धित निकायसँग समन्वय गरी दुर्घटना रोक्न विभिन्न बिषयमा छलफल गरिरहेका छौँ ” उहाँले भन्नुभयो । उहाँ भन्नुहुन्छ “हामीहरुले सडकमा बिभिन्न ट्राफिक सङकेत चिन्ह राखेका छौ । चारपाङग्रे देखि दुईपाङग्रे सवारी साधन धनी र चालकहरुलाई बेला, बेलामा शिविर, अन्य बिभिन्न प्रशिक्षण कार्याक्रम गरी रहेका छौ” ।

भट्टराईका अनुसार चालु आव चैतसम्मको सडक दुर्घटनाको तथ्याङ्क हेर्दा ट्रक नौ,  ट्रिपर, बस, माइक्रोबस र ट्रयाक्टर एक एक, कार र जीप दुई तथा मोटरसाईकल सात गरी  २२ सवारी साधन दुर्घटनामा परेको छ । त्यस्तै चैतसम्म सवारी दुर्घटनामा परी मृत्यु हुनेमा पुरुष ३२, महिला पाँच तथा बालबालिका दुई  छन् । त्यसैगरी  २६ जना गम्भीर र १२ जना सामान्य घाइते भएका छन् । 

गत वर्ष सडक  दुर्घटना २२, मृत्यु हुने २४, गम्भीर घाइते हुने १४ र  सामान्य घाइते हुने ५२ रहेको  ट्राफिक कार्यालयले जनाएको छ ।  दुर्घटनामा संलग्न सवारी साधनमा ट्रक १२,  बस तीन,  कार– जिप तीन, मोटरसाइकल सात र अन्य दुई रहेको बताइएको छ । 

सवारी साधनको रुट पर्मिट नभएका, ब्लुबुक फेल भएका, सवारी अनुमतिपत्र फेल भएका र नभएका गरी करीब सत्र हजार सवारी साधन कारवाहीमा रहेका छन् । तिनमाथि  कारवाही हुँदा रु एक करोड १६ लाख १७ हजार राजस्व उठेको प्रहरी नायब निरीक्षक  भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार गत आव २०७४÷७५ मा कारवाही परेका १९ हजार ९१३ सवारी साधनबाट रु एक करोड २५ लाख ५४ हजार राजस्व उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई