३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटकको लर्को

२० बैशाख २०७३, सोमबार ०५:३३

kali-gandaki-river-rafting14पर्वत जलयात्रा (र्याफटिङ) को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको संख्या वृद्धि भएको छ । जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन्।जाडो यामको समाप्तिसँगै फागुनको अन्तिम सातादेखिनै जलयात्राका लागि पर्यटक आउन थालेका हुन्।

छोटो र पारिवारिक जलयात्राका लागि ’फेमिली रिभर’को रुपमा चिनिएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको छ। लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन्।र्याफटिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकस“गै स्वेदशी पर्यटकको समेत आवागमन बढेको प्याडल नेपालका रिभर गाईड रविन गुरुङले  जानकारी दिए। कालीगण्डकी नदीमा अहिले दैनिक दुईदेखि १० समूहमा पर्यटक आउने गरेका छन्।

अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको गुरुङले बताए। पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायी बताउँछन्।     गत वर्ष भूकम्पका कारण वैशाख १२ पछि रोकिएको जलयात्रा यसपटक भने उत्साहजनक रूपमा बढेको व्यवसायी बताउँछन् । यद्यपि पर्वतमा तथ्यांक संकलन गर्ने कुनै निकाय नहुँदा यस वर्ष के कति आन्तरिक तथा बाह्य पर्यटकले र्या्फ्टिङ गरे भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पर्वतको कुश्मा नगरपालिका(२ स्थित नयाँ पुल तथा मालढुंगाबाट सुरु हुने र्या्फ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ’ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ। कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्। लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन्। यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ। विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन्। का

लीगण्डकीको जलयात्रा विश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरुको भनाइ छ। अमेरिका र अस्ट्रेलियमालगायतका नदीमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो। पर्वतमा जलयात्राको लागि काम गर्ने कुनै निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक र्या्फ्टिङका लागि कालीगण्डकी नदीमा आउने गर्दछन्।कालीगण्डकीमा जलयात्राका लागि गन्तव्यस्थल बनाउनका लागि केही पूर्वाधारको व्यवस्था गर्नसमेत पर्यटन व्यवसायीको आग्रह छ।

नदीमाथिका संरचना बिगार्ने, जलयात्रा सुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको पर्यटक गाइड गणेश पुन बताउँछन्। कालीगण्डकी(मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै बर्राचौर गाविसको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकले यात्रा तय गर्ने गरेका छन्। यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र शिवालय गाविसको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुंगा नहटाउँदा समस्या आउने गरेकाले हटाइ दिनका लागि व्यवसायीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट