३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्रसर व्यवसायी र प्रहरीको खटपटका कारण उपभोक्ता मर्कामा माग पुरा गराउन क्रसर व्यवसायीले आन्दोल थाल

२० बैशाख २०७३, सोमबार ०९:०२

महेन्द्र जिसी गत वैशाख १३ गते पुनरा वेदन अदालत वागलुङले गरेको आदेशलाई कुल्चीएर  क्रसर व्यवसायीलाई पर्वत प्रहरीले दुःख दिन  थालेको क्रसर व्यवसायीहरुले गुनासो गरेका छन । उनिहरुले जिल्ला विकास समीती मार्फत टेण्डर आहवान गराएर नियम पुुर्वक नदी जन्य कच्चा सामाग्री निकाल्ने गरेको जनाउँदै  प्रहरीको ज्याजदी बढेको गुनासो गरेका हुन ।

पाँच वर्ष अघि  देखी  क्रसर चलाउँदै आएको दावी गदै कालिगण्डकी क्रसर उद्योगका सञ्चालक राम कृष्ण मल्लले अदालतको आदेशलाई  पर्वत प्रहरीले नमानोर आँफुलाई पटकपटक दुःख दिन  थालेको बताउनु भयो ।  प्रहरीले एक हप्ता सम्म  निर्माण समाग्री जफत गराएर आफ्नो व्यावसायमा मर्का पारेको जनाउँदै एक सरकारी निकायले  काम गर्न टेण्डर आह्वान गर्ने अर्को सरकारी निकायले व्यवसायीमाथी ज्याजदी  गर्ने गरेको कारण सरकारी निकायबाटै असुरक्षीत भएको बताउनु भयो ।

वर्षेनी ३४ लाख सरकारलाई  कर बुझाउँदै आएका जनाउँदै व्यवसायीले  सरकारी निकायका कर्मचारीको मनोमानीका कारण दरौटी जफत हुने स्थिती सृजना गराएको जनाउनु भयो । आईतवार बाट आन्दोलनको चरण शुरु भएको जनाउँदै व्यवसायीहरुले राज्यका सबै नियम पुरा गराएर सञ्चालनमा ल्याएको व्यवसाय राज्यले नै धरापमा पारेका कारण आफ्नो सुुरक्षाका लागि आन्दोलन थालेको बताएका छन । सरकरी मापदण्ड पुरा गराएर सञ्चालनमा ल्याएका व्यवसायलाई सरकारले नै सुरक्षा दिन आवश्यक रहेको बताउँदै  आन्दोलन गर्नु पर्ने अवस्था आएको उनिहरुको तर्क छ ।

सम्झौता बमोजिम कार्य गर्ने वातावरण सृजना गराउने माग राख्दै आन्दोला थालिएको मल्ले जनाउनु भयो । यता जिल्ला प्रहरी कार्यलय पर्वतले भने  जिविससँग भएको सम्झौता अनुरुप काम गर्न कुनै अवरोध सृजना नगराएको  जनाएको छ । सम्झौता विपरीत काम भएको पाएका कारण निमार्ण सामाग्री नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक गंगा पन्तले बताउनु भयो ।  यसरी प्रहरी र व्ययवसायीको द्धन्दका कारण जिल्ला निर्माण् व्यवसायी मर्कामा पर्दै गएका छन । पछिल्लो समय प्रशासन र व्यवसायीको दुरी बढेका कारण  निर्माणाधिक जलविद्युत आयोजनाको काममा अवरोध सृजना गराएको व्यसायीको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की