2026-09-13 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा दलित जनप्रतिनिधिलाई तालीम

वैशाख  २५, दुल्लु । दलित समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तालीम लिएका छन् । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोग, जिसस दैलेखको आयोजना र दलित जागरण केन्द्रको सहकार्यमा दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिलाई तीन दिने क्षमता विकास तालीम दिइएको हो । 

सङ्घीय संरचना कार्यान्वयनका लागि दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यसहित तालीम सञ्चालन गरिएको थियो । तालीममा दलित जनप्रतिनिधिलाई नगरसभा र गाउँपालिका तथा कार्यपालिका बैठकमा प्रभावकारी उपस्थिति, स्थानीय तहमा प्रशासनिक जिम्मेवारीलगायतका विषयमा अभिमुखीकरण दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताउनुभयो । 

प्रमुख थापाले दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई सशक्त हुनुपर्ने बताउनुभयो । “स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारीले गलत कार्य गरेमा खबरदारी गर्नुहोस्”, प्रमुख थापाले भन्नुभयो, “तपाईं जनप्रतिनिधिको क्षमता विकास नभएसम्म अन्य समुदायको क्षमता विकास हुन सक्दैन ।”

तालीम अवधिभर दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, जिल्ला सरकारी वकिल पदम सापकोटा, रमा श्रेष्ठ, अमर सुनारलगायतले दलित जनप्रतिनिधिलाई अभिमुखीकरण गर्नुभएकोे थियो । दैलेख जिल्लाका ११ वटा स्थानीय तहका नगर तथा गाउँसभामा ३२ जना सदस्य, ९० वटै वडामा निर्वाचित दलित महिला सदस्य, १८ जना खुला सदस्य र दुई वडाध्यक्ष गरी १४२ दलित समुदायबाट निर्वाचित जनप्रतिनिधि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन