2026-09-13 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

गुराँस संरक्षण गर्न महोत्सवको तयारी

बैशाख २५, दैलेख ।  दैलेख–सुर्खेत सिमा नजिक रहेको गुँरासेमा महोत्सव हुने भएको छ । गाउँपालिकाको सहयोगमा सेती बराह मिडिया प्रोमोसन प्रा.लि आयोजक रहने गरि गुराँस महोत्सव गर्न लागिएको हो । वैशाखको २७ देखि २९ गतेसम्म सञ्चालन हुने गरी महोत्सव गर्न लागिएको हो ।

गुरासँको संरक्षण तथा प्रर्वधन गर्नका लागि महोत्सव थालिएको महोत्सवका संयोजक खगेन्द्र सुनारले बताए । गुरासँ संरक्षणका लागि विद्यालय स्तरदेखी महोत्सवमा टक सो कार्यक्रम समेत गरिने उनको भनाई छ । दैलेखको गुरासेँमा ५ किसिमका गुरासँ फुल्ने गर्दछ । तर, पछिल्लो वर्षहरुमा आन्तरिक पर्यटकहरुले जथाभावी टिप्ने गरेकाले गुरासँ लोप हुने अवस्थामा पुगेको बेला गुरासँ संरक्षणका लागि भएको महोत्सवले महत्व झल्काउने जनाईएको छ ।

महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकारहरुले गुरासँको महत्वबारे आफ्नो प्रस्तुतीमा गाउने छन् । त्यस्तै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने छ । गुरासँको महत्वबारे दोहोरी गीत प्रतियोगिता समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय उत्पादनहरु विक्रि तथा अवलोकलनका लागि राखिने छ भने गुरासँको जुस प्रर्दशनीमा राखिने छ ।

तिनदिनसम्म ३० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको दावी छ । गुरासँ हेर्दै पर्यटकहरुले महोत्सव अवलोकन गर्ने छन् । पर्यटन प्रर्वधन तथा प्रचारप्रसार र गुरासँ संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । पर्यटन प्रर्वधनमा आफु देशभरी अभियान थालेको छ त्यही अनुसार गुरासँ संरक्षणका लागि महोत्सव गरिएको संयोजक सुनारले बताए ।

मुख्य प्रर्वधक तथा सहयोगीमा गुरासँ गाउँपालिका रहेको छ । सहप्रर्वधकमा डिभिजन वन कार्यालय दैलेख, वन उद्योग वातावरण तथा पर्यटक मन्त्रालय कर्णाली प्रदेश, नेपाल पर्यटन बोर्ड काठमाडौं, घरेलु तथा साना उद्योग विकास समिति दैलेख, जिल्ला लद्यु उद्यमी समुह संघ (डिमेगा), दिगो कृषि तथा जलश्रोत बातावरण संरक्षण केन्द्र (सेवक) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन