२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दुर्गम बस्तीमा सडक र सिँचाइ पुगेपछि….

२६ बैशाख २०७६, बिहीबार ०७:२४

बैशाख २६, काठमाडौं । सडक र सिँचाइको सुविधा पुगेपछि दैलेखका दुर्गम क्षेत्रका किसानले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

गाउँमै मध्यपहाडी सडक र घरमै सिँचाइ कुलो निर्माण भएपछि दैलेखका जगनाथ, पगनाथ, मनघरका १५० किसान अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 

मध्यपहाडी लोकमार्ग गाउँ भएरै जान थालेपछि किसानले उत्पादन गरेका तरकारीको बजार पहुँच सहजै हरने र त्यसको बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि त्यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ लागेको छन् । 

दैलेख र जाजरकोटको सिमानामा पर्ने भगवतीमाई गाउँपालिका–४ का ३० वर्षे नेत्र थापाले विगत ५ वर्षदेखि तरकारी खेती गरिरहनुभएको छ । अगुवा कृषकको सम्मान पाएपछि उहाँले टोलभरिका सबैलाई तरकारी उत्पादनका बारेमा सिकाउने गर्नुहुन्छ । विशेष कामबाहेकको सबै समय तरकारी उत्पादनकै लागि व्यतित हुने गरेको थापाले बताउनुभयो । अहिले गाउँभरि १५० जना किसान व्यावसायिक तरकारी उत्पादनमा लागेको थापाको भनाइ छ ।   

गाउँबाटै मध्यपहाडी सडक र घरमै सिँचाइ पोखरी पाएपछि तरकारी खेतीलाई किसानले मुख्य आम्दानीको स्रोत बनाएका छन् । किसानले नौ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याएका छन् । १५० किसानका लागि विभिन्न वडामा तरकारी उत्पादनमा सजिलो होस् भनेर आठ वटा पोखरी निर्माण गरिएको छ । भगवतीमाई गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले ८८ लाख रुपैयाँको लागतमा आठ वटा पोखरी निर्माण गरिदिएको छ । अहिले मनघर, जगनाथ र पगनाथका बासिन्दा मौसमी तथा बेमौसमी सबै तरकारीको व्यावसायिक उत्पादनमा जुटेका छन् । 

वडाकै पहलमा २ वर्षअघि खानेपानीको समस्या समाधान भएको थियो, अहिले सिँचाइ पोखरी बनेपछि मनघर तरकारी पकेट क्षेत्र निर्माण गरेर किसानको आयआर्जन बढाउने र गाउँमै रोजगारी दिने अभियान शुरु गरिएको वडा नं ४ का वडाध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो । 

प्राकृतिक प्रकोपबाट किसानले लगाएको बाली जोगाउने अभियानअन्तर्गत बाली बीमा अनिवार्य गराउने अभियानमा वडा कार्यालय लागेको छ । मध्यपहाडी सडक सञ्चालन भएकाले किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री वितरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने