३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाँच युवाले शुरु गरे सामूहिक तरकारी खेती

२६ बैशाख २०७६, बिहीबार १०:४४

वैशाख २६, बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् । आठ रोपनी जग्गा भाडामा लिएर चार युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् । उनीहरूले रु १० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा, काँक्रो, खुर्सानी, सागलगायत तरकारी रोपिएकोे युवा कृषक गणेश केसीले बताउनुभयो । “हामी अहिले फरक फरक क्षेत्रका क्रियाशील युवा मिलेर कृषिमा हात हालेका छौँँ, कृषिमा सम्भावना देखेरै लगानी गरेका हौँ, अहिले शुरुआती चरणमा छाँै, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ”,  उहाँले  भन्नुभयो । 

म्याग्दी खोलाको किनारमा रहेको जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएका युवाले गोलभँेडा खेतीका लागि चारवटा टनेल निर्माण गरिसकेका छन् । तरकारी खेतीमा हाइटेक प्रविधि उपयोग गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजनामा रहेको कृषक मनोज कार्कीले जानकारी दिनुभयो । तरकारी खेतीमा थोपा सिँचाइ र प्लाष्टिक छाप्रा बनाइएकोे छ । तरकारी खेतीसँगै माछापालन, फूलखेती, कुखुरापालनसमेत शुरु गर्ने तयारी गरिएको अर्का युवा कृषक जगत बानियाँले जानकारी दिनुभयो । कृषि प्राविधिकसमेत रहनुभएका बानियाँका अनुसार, भाडामा लिइएको जग्गालाई घेराबार गर्ने, माछापालन र कुखुरापालनका लागि पोखरी र खोर निर्माण गर्ने तयारी गरिएको छ । 

सो केन्द्रमा अहिले नियमित दुईदेखि चार जनाले रोजगारीको समेत अवसर पाएका छन् । सदरमुकाम बेनीदेखि नजिकै सञ्चालन गरिएको कृषि उत्पादन केन्द्रबाट उत्पादन हुने कृषिउपजलाई बजारीकरणको समस्या नरहेकाले युवाले शुरु गरेको खेती सफल हुने स्थानीय अगुवा क्याप्टेन मीनबहादुर कार्कीले बताउनुभयो । यस केन्द्रलाई कृषिउपज उत्पादनसँगै कृषक पाठशालाको रुपमा समेत विकास गर्ने योजना रहेको लगानीकर्ताहरूको भनाइ थियो । कृषि पेशामा युवाको आकर्षण बढाउनका लागि आफूहरुको कृषि उत्पादन केन्द्रलाई पाठशालाको रुपमा विकास गर्ने योजना वनाएको कृषक बानियाँले बताउनुभयो । उहाँले कृषि उत्पादन केन्द्रमा नयाँ अभ्यासका रुपमा मानवमूत्रलाई समेत मलको रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली