४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन लाख सहयोग

२१ बैशाख २०७३, मंगलवार ०५:०३

देउराली गाविसस्थित मुसुराबारी सामुदायिक वन उपभोक्ता समूहका अति विपन्न बीस परिवारलाई आयआर्जन अभिवृद्धिका लागि वार्षिक पाँच प्रतिशत ब्याजमा प्रति परिवार पन्ध्र हजारका दरले शनिवार रकम वितरण गरिएको छ ।

रकम वितरण गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, पर्वतका अध्यक्ष किशोर सापकोटाले आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्ताहरुको आयआर्जनमूलक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यका साथ रकम वितरण गरिएको बताउनुभयो । बहुसरोकारवाला वन कार्यक्रम र लीबर्डको सहयोगमा सामुदायिक वन उपभोत्ता महासंघ, पर्वतले मुसुराबारी सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराएको उक्त रकम समूहले घुम्तिकोषका रुपमा परिचालन गर्दै जाने समूहका सदस्य विष्णु शर्माले बताउनुभयो ।

पहिलो चरणको घुम्तिकोषको रकम लिने मध्ये ७ जनाले बाख्रपालन, १० जनाले कुखुरापालन र ३ जनाले आरन व्यवसाय संचालन गर्ने छन् । समूहका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सदस्य विष्णु शर्माले गरेका थिए भने सामुदायिक वन उपभोक्ता महसंघ, पर्वतका महासचिव देवि लामिछाने, सदस्य लालमती वि.क., कार्यक्रम अधिकृत गणेश पौडेल, समूहका सदस्य कृष्णबहादुर गुरुङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी