२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लोकसञ्चार मार्ग : नुवाकोट–हेटौडा वैकल्पिक सडकको अन्योल हट्यो

२०७६, २७ बैशाख शुक्रबार १६:११

वैशाख २७ काठमाडौँ । विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ । उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५/७६ मा भौतिक मन्त्रालयको बजेट शीर्षक नं ३३७–३३५ प्रदेशमा हस्तान्तरण गर्ने निर्णयसँगै प्रदेशमा गएको थियो ।

दुई लेनमा विस्तार हुने उक्त सडक प्रदेशमा गए पनि तत्काल कार्यान्वयन गर्न जनशक्तिलगायत समस्या भएको भन्दै पूर्वाधार विकास कार्यालय नुवाकोटले गत फागुन १३ गते ३ नं प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडामा पत्राचार गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडालाई उक्त सडक सङ्घीय सरकारबाट कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गर्दै उक्त सडक केन्द्र सरकारले कार्यान्वयन गर्नका लागि पठाएको थियो ।

भौतिक मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर यही  वैशाख ६ गते उक्त सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने गरी निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव  पठाएको थियो । यही वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठक सो सडकलाई केन्द्र मातहत ल्याएर कार्यान्वयन गर्ने निर्णय गरेको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

सो सडक गल्छी–रसुवागढी सडकको जिलिङबाट धादिङको धार्केमा जोडिनेछ । उक्त सडकले त्रिभुवन राजपथलाई सिधै रसुगाढी जोड्न लिङ्क सडकका रुपमा काम गर्नेछ भने यसले नुवाकोटको बेलकोटगढी नगरपालिका, धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई प्रत्यक्ष फाइदा पु¥याउने छ । रसुवा, नुवाकोट तथा धादिङको पूर्वी भेगका बासिन्दालाई हेटाँैडा जान उक्त सडकले सहजता प्रदान गर्नेछ । रसुवागढीबाट हेटौँडा जोड्न वैकल्पिक मार्गका रुपमा हेरिएको उक्त लोकसञ्चार मार्गको काम प्रदेशमा गएपछि रोकिएको थियो । केन्द्रमा फिर्ता भएसँगै काम सञ्चालन हुने सडक डिभिजन नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो ।

सो सडक दुई लेनमा विस्तार गर्ने गरी सडक विभागले डिपिआर पूरा गरेको छ । सो सडक डिपिआरअनुसार नै निर्माण गरी पाऊँ भनेर निवेदन परेपछि पूर्वाधार विकास कार्यालयले प्रदेश मन्त्रालयसँग सोधेको थियो । कार्यान्वयनमा तत्काल जनशक्ति अभाव भएपछि प्रदेश मन्त्रालयले फिर्ता गर्ने निर्णय लिएको थियो ।

उक्त लोकसञ्चार मार्गको पहिलो दश किलोमिटरको निर्माण कार्य जिलिङबाट शुरु गरिए पनि गत कात्तिकबाट रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयका कारण तत्काल काम थालिने प्रमुख शाक्यले बताए । ४० किलोमिटर लामो उक्त सडक निर्माण पूरा हुन झण्डै रु दुई अर्ब रुपैयाँ लाग्ने डिपिआरमा उल्लेख छ । जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण हुनेछ । सडक कार्यालयका अनुसार पहिलो खण्ड जिलिङको सिमखेत बालुवाखानीदेखि केउरिनीसम्म हुनेछ । दोस्रो खण्डको काम केउरिनीदेखि धार्केसम्म हुनेछ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रममा आव २०७३÷७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश थियो । लोकसञ्चार मार्गको पहिलो चरणको कालोपत्रमा स्तरोन्नति गर्ने काम स्वच्छन्द÷वल्र्डवाइड÷अमृत जेभी नामको काठमाडौँमा दर्ता भएका तीन ठेकेदार कम्पनीले गरिरहेका छन् । अर्थ मन्त्रालयले पहिलो खण्डलाई रु ५० करोड ८५ लाखको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मङ्सिर २७ गते सहमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो