पर्वत, नयाँ शैक्षिक शत्र शुरु भएसँगै नीजि विद्यालयले भर्ना शुल्कमा लिदै आएको चर्को शूल्क न्यूनिकरण गर्नको लागि अनेरास्ववियू (क्रान्तिकारी) पर्वतले जिल्ला शिक्षा कार्यालय पर्वतको ध्यानाकर्षण गरेको छ । गत बर्ष केन्द्रियस्तरमा भएको सरोकारवाला निकाय र विद्यार्थी संगठनहरु विचको सम्झौता कार्यान्वयन गर्नको लागि क्रान्तिकारीले शिक्षा कार्यालयको ध्यानाकर्षण गरेको हो ।
बुधबार क्रान्तिकारीले जिल्ला शिक्षा कार्यालयमा आफ्नो माग पत्र दिदै तत्तकाल शुल्क बृद्धिलाई रोक्नको लागि सरोकारवालासँग समन्वयन गर्नको लागि आग्रह समेत गरेको हो । उक्त संगठने आफ्ना चार वटा माग समेत राखेको छ ।
उक्त मागहरुमा नीजि विद्यालयले लिएको चर्को शुल्य फिर्ता गर्नुपर्ने, बैज्ञानि शुल्क निर्धारण मापदण्ड प्राविधिक समिति गठन गरी तत्तकाल नियमन र नियन्त्रण गर्ने, उक्त प्राविधिक समितिमा विद्यार्थी संगठन र अभिभावकका प्रतिनिधिहरु अनिवार्य सहभागी गराउनुपर्ने , सार्वजानिक विद्यालयमा तत्तकाल पाठ्यपुस्तक उपलब्ध गराउन, सार्वजानिक तथा सामुदायिक विद्यालयमा पढाउने शिक्षकशिक्षिका तथा सरकारी कर्मचारीका छोराछोरी पनि सामुदायिक विद्यालयमानै अनिवार्य रुपमा पढाउनुपर्ने रहेका छन् । क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष विजय प्रकाश सापकोटाको हस्तक्षेरीत उक्त माग तथा ध्यानकार्षण पत्रमा मागलाई सम्बोधन नगरे कडारुपमा प्रस्तुत हुने बताइएको छ ।