२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नीजि विद्यालय, विद्यार्थी संगठन र अभिभावक

२०७३, २५ बैशाख शनिबार ०४:३९

हरेक वष शैक्षिक शत्र शुरु हुने बलामा एउटा नियमित कर्मकाण्डका रूपमा नेपालका निजी स्कुलहरूमाथि विभिन्न राजनीतिक दलहरुका भाद्री संगठनको आँखाका ताराका रुपमा देखिन्छ । अन्य समयमा नभएता पनि शैक्षित्र शत्र शुरु हुने पहिलो महिना विभिन्न विद्यार्थि संगठनलाई मज्जाको मसालका रुपमा हुने गर्छ तर त्यसबाट को कति पीडित छ र संगठनले उठाएका माग सम्बोधन भएका छन् वा छैनन् त्यता भने कसैको ध्यान जान भने सकेको छैन । नीजि विद्यालयमा चर्को शुल्क भएको भन्दै आन्दोलन र शुल्क घटाउनको लागि आवाज उठाउने संगठनहरु बजारमा अभिभावक दिनडाढै लुटिएको तर्फ भने अझै देख्न सकेका छैनन ।

विद्यार्थी संगठनको नीजि विद्यालयको चर्को शुल्कको विषयमा आवाज उठाउनु जायज नै होला, तर पनि अझै अभिभावकले विद्यार्थी संगठनले उठाए अनुसारको राहत भने पाउन सकेका छैनन् यो त केबल विद्यार्थीं संगठनलाई मसलाका रुपमा मात्रै सिमित भएको पाइन्छ ।  नेपालमा आर्थिक उदारीकरणपछि निजी क्षेत्र ठूलो संख्यामा प्रवेश गरेको छ शिक्षामा।

अन्य कैयन् स्कुल गैरमुनाफा श्रेणीमा पनि सञ्चालित छन्। ’मिसनरी’ स्कुलहरू अर्को श्रेणीमा पर्छन् र उनीहरूले आर्थिक सहयोग अन्तर्रा्ष्ट्रिय वा स्थानीय ’मिसन’ बाट पाउने हुनाले पढाइको स्तरीयतासँग पढाइ शुल्क सस्तो हुने गर्छ। नेपालबाट बर्से्नि स्कुल तहबाटै ठूलो संख्यामा विद्यार्थीहरू बाहिर जाने गर्छन्। अर्बौं रुपैयाँ पुँजी पलायन हुने गर्छ। तर विगत दुई दसकमा नेपालमै निजी विद्यालयहरूले स्तरीय शिक्षा दिन थालेकाले पलायनको त्यो प्रवृत्तिमा कमी आएको छ, जुन एउटा सुखद संकेत पनि हो।

देशका विभिन्न ठाउँमा विदेशीको नामराखी विद्यालय संचालन पनि भएका छन् र कति नीजि विद्यालय अभिभावकलाई मारमा पार्ने गरी श्ुल्क अशुल्ने गरेको पनि पाइन्छ । तर कुन स्कुलमा आफ्ना छोराछोरी पढाउने भन्ने निर्णय उनीहरूका अभिभावक हो ।  स्कुलहरूले दिने वातावरण, शिक्षाको स्तरीयता, शुल्क र अन्य गुण–दोष केलाएर समस्याको समधान गर्ने अभिभावक र ’स्कुल प्रबन्धन समितिबीचको विषय हो । जून कुराको समधान नभए कानुनी उपचारको छुट पनि नभएको हैन । दुई पक्षको विचमा तेस्रो पक्ष पस्नु त्यति जाहेज पनि हैन र मानिदैन पनि ।

विद्यार्थी संगठनले नीजि विद्यालय र अभिभावक विचको मध्यस्तको भूमिका निर्वाह गरे राम्रो हुने देखिन्छ । दुई पक्षको विचमा संगठन हाबी हुनुले समस्याको समधान भन्दा पनि बढ्ने देखिन्छ । मारमा पर्ने अभिभावक हुन त्यसैले अभिभावकले आवाज उठाउनुपर्छ भने विद्यालय संचालकले समस्याको समधान गर्न सक्नुपर्छ र विद्यार्थी संगठनले अभिभावक र स्कूल संचालकलाई मिलाउने कोसिस गर्नुपर्छ । अन्यथा नीजि विद्यालयप्रति विद्यार्थी संगठनले उठाएको आवाज निर्थक हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा