2026-10-23 07:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

एक सय वर्षमा प्रवेश गर्नुभएका जोशीलाई राष्ट्रपतिबाट शुभकामना

सुभानु आचार्य | वैशाख  ३०, ललितपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ ।  राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना  गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गर्नुभयो ।  

पत्रमा भनिएको छ, “तपाईँले विगत आठ दशकभन्दा बढी समयदेखि नेपाली वाङ्मयको उन्नयनमा सतत क्रियाशील रहँदै लोकसंस्कृति र साहित्यको अध्ययन अनुसन्धानमा सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ । तपाईँको सुदीर्घ ज्ञानसाधनाले नेपाली साहित्य तथा सांस्कृतिक भण्डारलाई समृद्ध तुल्याएको छ । तपार्इँले हामीलाई मित्रराष्ट्र चीनसँग जोड्ने नेपाली कलाकार विभूति अरनिको खोज गरेर गुन लगाउनुभएको छ । त्यसैगरी हाम्रो कर्णाली सभ्यता र नेपालीभाषाको उद्गम थलो सिंजाको महत्व उजागर गरेर हाम्रो ज्ञान भण्डारलाई धनी तुल्याउनुभएको छ । नेपालभाषा साहित्यको श्रीवृद्धिमा तपाईँको उल्लेखनीय देन रहिआएको छ । तपार्इँजस्ता दीर्घसेवी व्यक्तित्व सय वर्ष प्रवेश गर्नुभएको उपलक्ष्यमा दीर्घायु तथा सुस्वास्थ्यको मङ्गलमय कामना गर्न पाउँदा म हर्षित छु ।”                                                 

राष्ट्रपतिले पठाएको सगुन र दोसल्ला पनि जोशीले ग्रहण गर्नुभयो ।  जोशीले आफूले जीवनमा यस्तो सौभाग्य कहिल्यै पाउँछु होला भनेर नसोचेको बताउनुभयो । “मलाई थप बाँच्ने ऊर्जा बढेको छ”, जोशीले भन्नुभयो, “आज म अन्य दिनभन्दा निकै खुशी भएको छु ।” 

जोशीलाई शुभकामना दिन सहभागी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महान् व्यक्तिलाई जीवित छँदै सम्मान गर्नुपर्ने बताउनुभयो । “उहाँको आयु थप्न सम्मान गरेका हौँ”, महर्जनले भन्नुभयो ।” लमपा– १२ का वडाध्यक्ष नारायणलाल अवालले नेवार समुदायमा ९९ वर्ष नौ महिना नौ पल नौ दिनमा जंकु गर्ने चलन रहने पनि जोशी समुदायले जंकु नगर्ने हुँदा जोशीको एक सय वर्ष जन्मजयन्तीको अवसर पारी सम्मान गरिएको बताउनुभयो । 

अवालेअनुसार महानगरपालिकाले जोशीको सम्मानमा १५१ जनाको मूल समारोह समिति गठन गरेको छ । ज्यापू समाजका ४० र बौद्ध विहारका १८ जनासहितको टोलीले बाजागाजासहित आज  महानगर परिक्रमा गर्ने भएका छन् । 

योगी नरहरिनाथ ट्रष्टका अध्यक्ष शङ्कर पौडेलले जोशीले नेपाली कला र परम्पराको सम्मान गर्दै नेपालाई अन्य मुलुकमा चिनाउन सफल भएकाले उहाँको कदरस्वरुप संस्थाले अभिनन्दनपत्र प्रदान गरेको जानकारी दिनुभयो ।  बौद्धधर्म संस्कृति संरक्षण सङ्घका अध्यक्ष अमित लामा तामाङले जोशीले एक सय वर्षमा अनवरत रुपमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताउनुभयो । 

नेपाली काङ्ग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले जोशी राष्ट्रिय विभूतिसरह योगदान पु¥याउने व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।   जोशीको शतवार्षिकीका उपलक्ष्यमा लमपामा विभिन्न कार्यक्रम हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने