<p><b>जेठ १, विदुर । </b>नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा खानेपानीका लागि पाइपलाइन बिछ््याएकै दिन पाइप काटिएको छ । सोमबार विस्तार गरिएको नौ सय मिटर लम्वाई र ३२ एमएमको पाइप त्यही राति काटिएको हो । </p><p>कल्याणपुरको घट्टेखोला मुहानबाट आमथाङस्थित बाँझोगाउँको बस्तीमा ल्याइको खानेपानी पाइपलाई टुक्रा पारी जताततै फालिएको विदुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि रु एक लाख लगानी गरेको थियो । पाइप काट्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । <br></p>
नुवाकोटमा खानेपानीका लागि पाइपलाइन बिछ्याइएकै दिन पाइप काटियो
Leave a Comment

