<p><b>कृष्ण बिष्ट, जेठ २, बैतडी ।</b> बैतडीको मेलौली नगरपालिकामा एक कीशोरीको शव झुन्डीएको अवस्थामा फेला परेको छ । वडा नं ७ कि बतालीकि १८ वर्षीय किसोरी साबित्री चन्दको घर नजिकै रुखमा आज बिहान झुन्डीएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । </p><p>अनुसन्धानको क्रममा किसोरी चन्दको कोठामा सोहि नगरपालिका वडा नं १ का प्रशान्त क्षेत्रीको नागरीकता, पर्स सहित १० हजार नगत फेला परेको प्रहरीले जनाएको छ । क्षेत्रीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइन लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । </p><p>शव परीक्षणको लागि केसरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखीएको छ । किसोरी चन्दले मणिलेक माध्यामिक बिद्यालयबाट यसै वर्ष कक्षा १२ को परीक्षा दिएकि थिइन । </p>
May 16, 2019
काठमाडौँ - KTM, बैतडी - BTD, समाज
बैतडीमा एक कीशोरीको सव फेला, मृतक कीशोरीको कोठामा युवकको नागरीकता र पैसा भेटियो
By साझासवाल
2 मिनेट पढाइ










