३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अभियान प्रभवाकारी गराउ

२८ बैशाख २०७३, मंगलवार ०२:४५

पर्वत जिल्ला पछिल्लो समयमा सचेत र सजग बन्दै गएको महसुस हुन थालेको छ । प्रजिअ झंकनाथ ढकालको नेतृत्वमा सफा कुश्मा अभियान संचालन भएसँगै जिल्लाको फोहोर व्यवस्थापनमा स्थानिय   सरोकारवाला निकाय सक्रिय र सजग बन्दै गएका छन् । स्थानियबासी सफा कुश्मा अभियानमा संलग्न हुदै आ–आफ्नो टोल, छिमेकलाई सफा बनाउनको लागि अभियान नै संचालन गर्न थालेका छन् । यसैबीच कुश्माबजारमा रहेको एकताचोक÷खत्रीटोल प्लाष्टिकमुक्त टोल घोषणा भएको छ । जून अभियानको सार्थकतामा जोडिएको विषय हो । स्थानिय स्तरमा रहेको एकता क्लबको सक्रियता र त्यहाँका अन्य दर्जनौ संघसंस्थाहरुले उक्त टोललाई प्लाष्टिकमुक्त घोषणा गरे जून जिल्लाभर अभियानको रुपमा संचालन गर्नुपर्ने अहिलेको आवश्यक छ ।

प्लाष्टिक जन्य पदार्थबाट वातवरणमा मात्रै नभई मानिवय जीवनमा समेत त्यसले नकरात्मक प्रभाव पार्दछ । प्लाष्टिकको दैनिक प्रयोगका कारण दैनिक जीवनमा असर पर्दै आएको छ । हरेक उपभोग्यमा प्रयोग हुने प्लाष्टिक यत्रतत्र फ्याँक्दा जलवायु परिर्वतनमा असर, माटोको   उर्वराशक्तिको क्षयिकरण, मानव स्वास्थ्यमा असर, वातावरण प्रदुषण हुने गर्दछ । प्लाष्टिक जन्य बस्तुको प्रयोग गर्न निरुत्साहीत गर्नको लागि पनि स्थानिय सरकोरवाला निकायले अभियाननै चलाउन आवश्यक छ । एक टोल र छिमेक मात्र प्लाष्टिक मुक्त घोषणा गरेर  औपचारिकता पुरा गरी जिम्मेवार निकाय त्यसमा अलग हुनु हुदैन ।

प्लाष्टिकको प्रयोगको सट्टा जैविक बस्तु तथा सामाग्रीको प्रयोग गर्नुपर्छ । प्रत्यके नागरीक तथा सेवाग्राहीले पनि सेवा लिने ठाउँमा वा पसलमा सामान खरिद गर्दा आफ्नै झोला ल्याउने र कागजी झोलाको प्रयोग गर्न सक्नुपर्छ ।टोलमात्रै औपचारिक रुपमा घोषणा हुदैमा प्लाष्टिक मुक्त घोषणा हुन सक्दैन यसलाई कार्यन्वयनमा ल्याउनको लागि सम्बन्धी निकाय सजग हुनुपर्छ र अभियानलाई अन्य टोलमा पनि    हस्तान्तरण गर्न सक्नुपर्छ ।

एकताचोक प्रजिअ ढकाललको अभियानमाबाट प्रेरित भएरनै प्लाष्टिक मुक्त घोषणा भएको हो । यो अभियानलाई अन्य टोल हुदै जिल्लाव्यापी रुपमा बनाउनु पर्छ । सफा कुश्मा अभियानलाई जिल्लाव्यापीकरण गर्दै लैजानुपर्छ तब मात्र जिल्ला सफा, स्वच्छ र शुन्दर हुनेछ । उक्त टोलको अनुसरण अन्य टोलमा पनि गर्दै जिल्लालाई नै प्लाष्टिक मुक्त जिल्ला घोषणा गर्नको लागि अभिप्रेरित हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट