७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने

३ जेष्ठ २०७६, शुक्रबार ११:१३

जेठ ३, बेत्रावती। रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको उपकरण परीक्षण गरिने र सफल भए त्यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । 

उक्त आयोजना बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गर्नार्का साथै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताउनुभएको थियो ।

असार दोस्रो सातासम्ममा दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका उपप्रबन्धक इ सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो युनिटको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि दोस्रो युनिटको परीक्षण शुरु गरिनेछ ।

“विभिन्न विवाद र प्राकृतिक विपत्तिका कारण अन्योल बनेको उक्त आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्न लागिएको छ ।” उपप्रबन्धक ज्याख्वाले भन्नुभयो, “आयोजनाको सफलताले सहायक योजना ‘थ्री बी’ निर्माणमा सुनिश्चितता हुनाका साथै  त्रिशूली–काठमाडौँ प्रशारण लाइन विस्तारमा योगदान पुगेको छ ।” यो आयोजनाको निर्माण चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) मार्फत् गरिएको हो । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको थियो । 

इपिसी नमूनामा निर्माण गरिएको यो नेपाल विद्युत् प्राधिकरणको पहिलो जलविद्युत् आयोजना हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराएको र आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर रहेको आयोजना पक्षले जनाएको छ ।

भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्‍याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथाम गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना खटाइएको थियो । सेनाले उक्त कार्यको जिम्मेवारीअन्तर्गत पहुँच मार्ग खुला गरेपछि आयोजनाको काम अघि बढाउन सहज बनेको हो ।  पहिरो रोकथामको कार्य सेनाको निर्माण कार्यदलले अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिभर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरुपमा सञ्चालन आए् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी हुने अनुमान गरिएको छ ।  त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृहसम्म आयोजनाको निर्माण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ । 

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् उपलब्ध गराउन यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार नुवाकोट र रसुवामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडानको लागि ‘थ्री ए’ को व्यवस्थापनमा २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माण गरिएको छ ।

यसैगरी यस आयोजनाको ‘क्यासकेड’ आयोजनाको रुपमा ३७ मेगावाट क्षमताको ‘थ्री बी’ आयोजना पनि  निर्माण भइरहेको छ । सो आयोजना  आगामी तीन वर्षभित्र पूरा गर्ने गरी विसं २०७४ फागुनदेखि निर्माण थालिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी