2026-09-08 03:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

अञ्जना हत्या प्रकरण: क्यानडाको प्रक्रिया लगत्तै बुहारीसँग असन्तुष्ट थिए उज्वल

जेठ ४, काठमाडौं । ललितपुरमा अन्जना हत्याकाण्ड निकै चर्चित भईरहेको बेला घटनाको भीत्री कारणबारे सबैको चासो छ । ललितपुर ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनाबारे युटुबमा बिभिन्न भिडियोहरु ट्रेन्डीङमा छ । उज्वलले आफ्नै भाइबुहारीलाई गत २६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका बेला खुकुरी प्रहार गरेर विभत्स हत्या गरेका थिए ।

उज्वाल्को आमाले हत्या स्वीकारेका उज्वल मानसिक रोगी भएको दाबी गर्दै गर्दा प्रहरी अनुसन्धानले फरक बिषय उजागर गरेको छ । महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट रहेको बुझिएको छ ।

चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारीका अनुसार उज्वलले बयानका क्रममा उज्वल पहिलादेखिनै बुहारीसँग असन्तुष्ट रहेको स्वीकार गरेका छन् । प्रहरी अधिकारीका अनुसार भाइबुहारीले घर बन्धकी राखेर क्यानडा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको प्रहरीले बताएको छ ।

हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उज्वलले यति हदसम्मको अपराध गर्छ भन्नेमा उनकै भाई पनि अचम्मित छन् । उनले आफ्नो दाईलाई हदैसम्मको कारवाहीको लागि माग गरेका छन् । 

प्रहरीले उज्वलविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार बयान लिने काम अझै जारी छ । बयान सकिएपछि थप खुलाशा हुने बताइएको छ । 

मृतक अञ्जनाको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको तर उक्त रिपोर्ट अझैसम्म नआएको कारण प्रहरी कुनै बिषय आधिकारिक रुपमा सार्वजनिक गरिहाल्ने पक्षमा छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ