2026-09-13 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बिबाह गर्ने उमेर पुगेको छैन, सम्बन्ध बिच्छेद !

जेठ ४, जाजरकोट | घरेलु हिंसा सहन नसकेर यहाँका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन् । सम्बन्धविच्छेद गर्न आउने मध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेका अदालतका नायव सुब्बा  सर्वराज खत्रीले बताउनुभयो ।  

“कम उमेरमा विवाह गर्ने र विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ, विवाह गर्ने उमेर पुगेका महिला सम्बन्धविच्छेदका लागि सन्तान काखी च्यापेर अदालत पुग्नेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो । १४/१५ वर्षको उमेरमा विवाह गरेर परिपक्व भएपछि घरेलु हिंसा सहन नसकी सम्बन्धविच्छेद गर्न बाध्य भएको महिलाहरुको भनाइ छ । 

गरीब, दलित र निम्न आय भएका परिवारमा सानै उमेरमा विवाह गर्ने धेरै छन् । जाजरकोटमा १५ वर्ष नपुग्दै ४० प्रतिशत र १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरीले विवाह गरिसक्ने महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएका रामविक्रम शाहले बताउनुभयो । जनचेतनाको कमीका कारण बालविवाह हुने र त्यसका कारण उत्पन्न हुने विभिन्न सामाजिक समस्या चुनौतीका रूपमा खडा भएको उहाँको भनाइ छ । 

जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । वैशाखसम्म सम्बन्धविच्छेदका १०३ मुद्दा दर्ता भएका रेकर्डमा उल्लेख छ । जसमध्ये गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको सङ्ख्या १० छ । नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या २९ रहेको अदालतले जनाएको छ ।

अदालतले गत साउनदेखि हालसम्म सम्बन्धविच्छेदका ६५ मुद्दा फर्स्यौट गरिसकेको छ । कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाइजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, खाना लाउन नदिएको, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण देखाउँदै सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका अदालतले जनाएको छ । पछिल्लो समय अंशसहितभन्दा अंश नलिई विच्छेद गर्ने र उजुरीकर्ता पुरुष पनि बढेका छन् । 

नलगाड नगरपालिका–११, रग्दाकी मनकुमारी विक २८ वर्षकी हुनुभयो । उहाँका दुईदेखि १३ वर्षसम्मका छ छोराछोरी छन् । १४ वर्षको उमेरमा विवाह गरेकी मनकुमारीले हिंसाका कारण अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न बाध्य भएको बताउनुभयो । “पढ्दापढ्दै  विवाह गरियो, विवाह गरेको एक वर्षभित्र बच्चा जन्मिएपछि पढाइ पनि छुट्यो”, नलगाड बारेकोट गाउँपापालिका–४ की रमा शाहीले भन्नुभयो, “अहिले श्रीमान्बाट अलग बसेकी छु, उहाँले अर्को केटी विवाह गरेर दुःख दिएपछि हामी चार छोराछोरीसहित अलग भएको करीब एक वर्ष भयो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन