2026-07-25 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हावाहुरीले विद्यालयको छाना उडाउँदा विद्यार्थीको विचल्ली

महेन्द्र केसी, पर्वत  जिल्लाको देउराली गाविसमा रहेको एक विद्यालयको छाना हावाहुरीले उडाउँदा विद्यार्थीको विचल्ली भएको छ । २१ गते आएको हावाहुरीले चारवटा कक्षा कोठाको छाना उडाउँदा देउराली ३ मा रहेको लाङ्दी प्रथामिक विद्यालयमा अध्ययनरत विद्यार्थी विचल्लीमा परेका हुन् । बर्षायाम शुरु हुनै लाग्दा विद्यालयको छानो हावाहुरीले उडाएपछि विद्यार्थीलाई कहाँ राखेर पठाउने भन्ने चिन्ताले सताउन थालको उक्त विद्यालयकी प्रधानाध्यापक हिरा कुमारी गुरुङ बताउँछिन् ।

hawahuri

हावाहुरीले विद्यालयको छाना उडाएपछि बालबालिकालाई बाहिर खुला आकाशमा राखेर पढाउने गरेको र हावाहुरी लागे तथा पानी परे घर पठाउने गरेको हिराकुमारीको भनाई छ । सन् २०१२ मा क्याप्टेन विक्रम गुरुङको पहलमा बेलायतमा रहेको एक संस्थाको सहयोगमा बनेको उक्त विद्यालयको भवनको हावाहुरीका कारण बालकक्षामा बढी क्षती पुगेको उनी बताउँछिन् । बालकक्षाको हावाहुरीका कारण छानामात्रै नभइ गारो समेत भत्कीएको र अन्यकोठाको भने गाराहरु चर्किएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम गुरुङ बताउाछन् ।

  huri

हावाहुरीले विद्यालयको छाना उडाएपछि उक्त कोठाको मर्मत गर्नको लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन विव्यस अध्यक्ष र प्रअ कोठा नहुदाँ विद्यार्थीको विचल्ली भएको बताउँछन् । कतिबेला हावाहुरी लाग्ने हो र फेरी बाँकी रहेका कोठाको पनि छाना उडाउँछकी भन्ने आफुहरुलाई चिन्ता हुने गरेको उनीहरु बताउँछन् । २१ गते चर्को हावाहुरी लाग्नुभन्दा पहिले विद्यार्थीलाई घर पठाएछौं अन्यथा ठूलो दुर्टना हुने रहेर त्यो दिनलाई सम्झदै प्रअ हिरा कुमारीले भनिन् । विव्यसका अध्यक्ष प्रेमले विद्यालयमा मात्रै नभई गाउँलेको घरमा समेत हावाहुरीले क्षती पु¥याएको बताउँछन् ।

वर्षायाम लाग्नुभन्दा पहिलेनै जिल्ला शिक्षा कार्यालय तथा अन्य सरोकारवाला निकायले विद्यालयको छाना मर्मत तथा कोठा बनाउनको लागि सहयोग गरे बर्षायाममा बालबालिकाको विचल्ली नहुने उनीहरुको भनाई छ । बर्षा लाग्यो अब कति दिन खुला आकाशका पठाउन सकिन्छ र यदि सरोकारवाला निकायले कुनै व्यवस्था गरीदिए सजिलो हुने थियो उनीहरु भन्छन् ।

शिक्षक दरबन्दीको अभाव
विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नहुदाँ शैक्षिक गुणस्तर मजबुत हुन नसकेको प्रअको गुनासो छ । विद्यालयमा पाँच शिक्षक हुनुपर्ने भएता पनि तीन जना शिक्षकले प्रावि चलाउन बाध्य भएको उनको दुखेसो छ । उक्त विद्यालयमा भएका शिक्षक पनि राहत दरबन्दीमा भएको र स्थायी शिक्षक कुनै पनि नभएको हिराको भनाई छ ।

स्व. माइला छोराको नाममा विद्यालयलाई जग्गा दान

यता डिल बहादुर सुनारले आफ्ना स्वर्गीय माइला छोरा बलबहादुर सुनारको सम्झनामा विद्यलायलाई जग्गा दान गरेका छन् । मुडिकुवा ६ पर्वतका डिलबहादुरले साही वडामा रहेको बाल प्रथामिक विद्यालयलाई  पचास हजार मूल्य बराबरमा ३ आना ३ पैसाको जग्गा दान गरेको विदालयका संस्थापक प्रधानाध्यापक तथा विव्यसका पूर्व अध्यक्ष नरेन्द्र प्रसाद तिवारीले जानकारी दिएका छन् ।  उनका माइला छोराको क्यान्सका कारण एक बर्ष पहिले निधन भएको थियो । वि.सं २०४५ सालमा स्थापना भएको उक्त विद्यालयको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली