लोकतन्त्रको बहाली भएता पनि नेपाल अझै पितृसतात्मक पद्धतिबाट छुटकार पाउन सकेको छैन जसका कारण महिला तथा बालबालिकामाथि हरेक प्रकारका हिंसाका घटनाहरु सार्वजानिक भैराखेका छन् । ६५ बर्षे लामो कालखण्डपछि नेपालमा नयाँ संविधान जारी भयो जसले देशको उच्च निकायमा महिलाको पहुँचपनि पु¥यायो तर सोहि अनुसारको काम भने अझै हुन सकेको छैन । देशको उच्चपद राष्ट्रप्रमुखमा विद्यादेवी भण्डारी, संविधानसभाको अध्यक्षमा अन्सरी घर्ती मगर र सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सुशिला कार्की पुगिन तर पनि समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरुमा कमी आएका छैनन् भने हिंसामा परेका वा पीडित बनेका महिला तथा बालबालिकाको लागि आवश्यक पर्ने सेल्टर निर्माणको थलानी हुन सकेको छैन ।
उपत्यका लगाएत देशका ठूला सहरमा विभिन्न महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले महिला तथा बालबालिकाको लागि आश्रयस्थलको निर्माण गरी उनीहरुको जीवनमा नयाँपन ल्याउन कोसिस गरेता पनि पर्वतमा भने त्यसो हुन अझै सकेको थिएन । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने जिल्लामा संघसंस्था भएता पनि पीडित बनेका महिला तथा बालबालिकाको लागि आवश्यक पर्ने आश्रयस्थलको निर्माण गर्नुपर्छ उनीहरुको संरक्षण गर्नुपर्छ भन्ने अझै कुनै पनि संघसंस्थाको मनमा आएको थिएन आएको भएपनि सोही अनुसारको काम हुन सकेको थिएन । प्रहरी नायव उपरिक्षक गंगा पन्तले जिल्लामा पीडित बनेका महिला तथा बालबालिकाको लागि आश्रयस्थल तथा सेल्टरको आवश्यकताको अनुभूति गरीन् र जिल्लामा सेल्टर बनाउनको लागि सरोकारवाला निकायसँग समन्वय गरी अभियानलाई सार्थक बनाउनको लागि परिन् जसको उपज पर्वतमा सेल्टर निर्माण हुने भएको छ ।
ढिलै भएपनि जिल्लामा पीडित महिला तथा बालबालिकाको लागि सेल्टरको आवश्यकता भएको यहाँका बुद्धिजिवी र सोही क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले महसुस गरेका छन् र प्रनाउ पन्तको अभियानलाई साथमा साथ दिएका छन् । सेल्टर निर्माणको लागि समिति समेत गठन भएको छ । सेल्टर निर्माण अभियान छेपाराको उखान नहोस् र तोकिएको समयमा पारदर्शीता ढंगले निर्माणको कार्य अघि बढोओस् । यसमा राजनीतिक हस्तक्षेप नहोस् । हिंसामा परेका महिला तथा बालकालिकाले सेल्टर निर्माण पनि त्यसको अनुभूति गर्न सकुन यहिनै अभियानको सार्थकता हुनेछ ।