2026-10-19 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा आगजनी र तोडफोड अभियोगमा एक जना पक्राउ

जेठ ५ चितवन  । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको गणेश चोकका कुलप्रसाद लामिछाने हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछानेलाई पक्राउ गरिएको हो । भिडियोमा पहिचान खुलेका अन्य पाँच जनाको खोजी भइरहेको उहाँले बताउनुभयो । 

सो घटनामा ३० जना संलग्न भएको देखिएको प्रहरीले जनाएको छ । रेग्मीले ती तस्बीर भिडाएर नाम पहिचान गरी दोषीलाई नियन्त्रणमा लिइने जानकारी दिनुभयो । घटना भएकै दिन प्रहरीले सौराहास्थित रेष्टुरेन्ट एण्ड बार एशोशिएसनका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको थियो । सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गिरीसहित उद्योग वाणिज्य सङ्घका जिल्ला  अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत बिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । 

सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी  गरेको बताउनुभयो । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते हुनुभएको छ । खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । केन्द्र हटाउनुपर्ने माग गर्दै आएका पूर्वी चितवनका सर्वसाधारणले पेट्रोल छर्केर दस्तुर सङ्कलन केन्द्रमा आगजनी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ