२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी र मुस्ताङको सिमानामा जिप खस्दा एकको मृत्यु, सात घाइते

२०७२, २१ कार्तिक शनिबार २१:०४

कात्तिक २२, म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा शनिबार साँझ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

जोमसोमदेखि म्याग्दीको बेनी आउँदैगरेको ध१ज ९३६९ नंको जिप सडकबाट खस्दा बेनी नगरपालिका– ७ का २६ वर्षीय राजेन्द्र केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका पाँचजनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी राति नै पोखरा पठाइएको र दुईजनाको बेनीमा उपचार भइरहेको छ । घाइते हुनेमा बेनपा– ६ का २८ वर्षीय मन्दीप शाक्य, उनकी श्रीमती २६ वर्षीया गीता र तीन वर्षीया छोरी युनिक शाक्य छन्।

यस्तै बेनपा– ९ का २५ वर्षीय हरि चोखाल, बेनपा– ७ का ३० वर्षीय राजकुमार केसी, सोही ठाउँकी ३१ वर्षीया भवानी केसी र उनकी दुई वर्षीया छोरी निपुल केसी पनि घाइते छन् । मुस्ताङ भ्रमण पछी फर्कंदै गरेका उनीहरु चढेको जिप साँझ ७ बजे सडकदेखि दुई सय मिटर तल कालीगण्डकी किनारमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह