२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटकि ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक दश हजार बृद्धभत्ता

५ जेष्ठ २०७६, आईतवार १७:००

जेठ ५, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी एक सय सत्र वर्षीया ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक रु दश हजार उपलब्ध गराइने भएको छ ।

विसं १९५९ चैत १० गते जन्मिनुभएका लामिछानेको स्याहारसुसार तथा उहाँको जीवनका अनुभवको पुस्ता हस्तान्तरणमा सहयोग पुर्याउन गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले बाटुली लामिछाने (बाला) फाउण्डेशन स्थापना गरेर उहाँको हेरचाह तथा संरक्षणमा चासो देखाएको हो । “११७ वर्षसम्मका मानिस नेपाल तथा विश्वका लागि ज्येष्ठ नागरिकका रुपमा अग्रणी स्थानमा रहेको हुनुपर्छ”, उहाँले भन्नुभयो “पहिलो कदमका रुपमा उहाँलाई संसारभर चिनाउन ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन पहल गर्नेछौँ ।”


कार्यपालिकाको बैठकको निर्णयानुसार लामिछानेलाई विसं २०७६ वैशाखदेखि मासिक रु दश हजार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ । उहाँलाई नुवाकोटको रानीपौवा बजारमा शनिबारदेखि शुरु भएको ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’को उद्घाटनका अवसरमा विशेष अतिथिको स्थान र नगद रु पाँच हजारसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट समेत सम्मान गरिएको थियो । 

गाउँपालिकाले ज्येष्ठ नागरिक लामिछानेको सम्मान, संरक्षण तथा प्रचारप्रसारका लागि आगामी दिनमा ‘महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धा’को क्षेत्रमा गर्ने कार्य उहाँको नाममा स्थापना भएको बाला फाउण्डेशनमार्फत गर्ने नीति अवलम्वन गरिएको उपाध्यक्ष खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण