२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका पत्रकार खत्री पुरस्कृत

१६ माघ २०७२, शनिबार ०८:११

सन्तोष गौतम । माघ १७, म्याग्दी । म्याग्दीका पत्रकार कमल खत्रीलाई शनिबार कृष्ण सेन (ईच्छुक) सिर्जनशिल पत्रकारीता पुरस्कार प्रदान गरिएको छ ।

क्रान्तिकारी पत्रकार संघ म्याग्दीले दोस्रो जिल्ला सम्मेलनको अवसरमा पत्रकारीताको माध्यमबाट खत्रीले पुर्याएको योगदानको कदर गर्दै नगद रु. पाँच हजार सहित पुरस्कार प्रदान गरेको हो । संघका संस्थापक ओम शर्मा, एकिकृत नेकपा माओवादी म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमीरे, शाखा अध्यक्ष सन्तोष गौतमले खत्रीलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

kamal khatri

जनयुद्धका समयमा दिवंगत भएका जनादेश साप्ताहीकका तत्कालीन सम्पादक कृष्ण सेनको स्मृतीमा संघले गत वर्ष एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको थियो । सोही कोषको ब्याजबाट प्रत्येक दुई वर्षमा जिल्लामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने ब्यवस्था मिलाइएको छ ।

वि.स २०६६ सालदेखि रेडियो म्याग्दी, एबिसी टेलिभिजन, रासस, म्याग्दी अनलाईन, सम्बृद्ध साप्ताहीक लगायतका सञ्चार माध्यममा आवद्ध भई पत्रकारीतामा क्रियाशिल खत्रीलाई प्रोत्साहनका लागि उक्त कोषबाट पहिलो पटक पुरस्कृत हुनुभएको हो ।

यसैबीच संघको दोस्रो सम्मेलनले खत्रीकै अध्यक्षतामा पदम बिक उपाध्यक्ष, सन्दिप खत्री सचिव, शुशिल थकाली कोषाध्यक्ष र प्रमीला पौडेल सहसचिव रहेको शाखाको नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको सदस्यहरुमा धिरन खत्री, ईश्वर सुवेदी, वुद्धी पुन, सरला परियार र मिलन बसेल रहनुभएको छ ।

निवर्तमान शाखा अध्यक्ष सन्तोष गौतम सहित पाँच जना पदाधीकारीलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको निर्वाचन मण्डलका संयोजक संघका केन्द्रिय सदस्य एलपी बञ्जराले जानकारी दिनुभयो । सम्मेलनमा मन्तब्य व्यक्त गर्दै संघका संस्थापक शर्मा लगायतका बक्ताहरुले पत्रकारहरुको पेशागत दक्षता र सञ्चार माध्यमको गुणस्तरमा जोड दिनुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमीरे, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य एलपी बञ्जरा, त्रिभुवन पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद आचार्य, प्रेस चौतारीका शाखा सचिव प्रताप बानिया, प्रेस युनियनका सभापति गोपाल छन्त्याल र एकिकृत अखिल नेपाल शिक्षक संगठनका ४ नम्बर प्रदेश संयोजक सोमनाथ ढुंगानाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सन्तोष गौतमको अध्यक्षता, कमल खत्रीको सञ्चालन र सन्दिप खत्रीको स्वागत मन्तब्यमा सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प आज काठमाडौँका तीन स्थानमा प्रदर्शन