2026-09-13 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उखु किसानकोे रिले अनशन तोडियो

 जेठ ६, सर्लाही । उखुको रकम भुक्तानी माग गर्दै रिले अनशनमा बसेका उखु किसानले अनशन तोडेका छन् । सम्पूर्ण बक्यौता रकम आगामी असोज मसान्तभित्र उद्योगले दिने निर्णय गरेपछि किसानहरुले अनशन तोडेका हुन् ।

बिक्री गरेको उखुको भुक्तानी दिन उद्योगले आलटाल गरेपछि आइतबारदेखि किसानहरु सदरमुकाम मलङ्गवाको शहीद पार्कमा रिले अनशनमा बसेका थिए । आज साँझ जिल्ला प्रशासन कार्यालयमा उखु किसान र उद्योगीबीच भएको वार्तामा किसानको बाँकी रहेको रकम चार महीनाभित्र दिने सहमति गरिएको छ ।

 प्रजिअ द्रोण पोखरेलको रोहवरमा गरिएको वार्तामा अन्नपूर्ण सुगर मिल्स धनकौलमा मौज्दात रहेको चिनी र मोलासिस बिक्री गरेको रकममध्ये ८५ प्रतिशत रकम पहिले उखु बिक्री गर्ने किसानलाई दिनुपर्ने, विगत वर्षको भुक्तानी दिन बाँकी रहेको रु १२ करोड ५० लाख असार मसान्तभित्र दिनुपर्ने, राज्यबाट प्रदान गरिने ६५ रुपैयाँ २८ पैसा अनुदान रकम यही जेठ मसान्तभित्र किसानको खातामा पठाउनुपर्ने, किसानको खातामा जम्मा गर्ने रकम र सो बमोजिमको विवरण तथा भरपाई १५–१५ दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा उपलब्ध गराउनुपर्ने निर्णयमा दुवै पक्षबीच सहमति भएको बताइएको छ ।  

त्यसैगरी चिनी बिक्री वितरणमा सबैले सहयोग गर्ने र अवरोध गर्नेलाई कारवाही गर्ने निर्णय पनि गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।  पहिले उखु बिक्री गरेका किसानलाई पहिले भुक्तानी र पछि उखु बिक्री गर्नेलाई पछि भुक्तानी दिने र कसैको दबाब वा प्रभावबाट भुक्तानीमा तलमाथि गर्नेलाई पनि कारवाही गरिने निर्णय भएको उहाँले बताउनुभयो ।  

किसानका मागमा उद्योगीले सहमति जनाएपछि अनशन तोडिएको आन्दोलनको नेतृत्व गर्दै आउनुभएको राष्ट्रिय जनता पार्टी नेपालका सह–महामन्त्री राकेश मिश्रले जानकारी दिनुभयो । वर्तामा भएको सहमतिअनुसार किसानले भुक्तानी नपाए असोजपछि फेरि आन्दोलन गर्ने चेतावनीसमेत उहाँले दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन