2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा नौ थान चोरीको मोटरसाइकल बरामद

जेठ ८, बेत्रावती । नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थान र काठमाडौँबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज (प्रहरी सहायक निरीक्षक) राजु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठ थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ भने एक थान धनी यकिन हुन नसक्दा प्रहरी चौकीमा थन्किएको छ । प्रहरी कार्यालयले नियन्त्रणमा लिएका मोटरसाइकल अधिकांश काठमाडाँैबाट र केही जिल्लाको शहरी क्षेत्रबाट चोरी भएका छन् ।

 चोरीको मोटरसाइकलसहित संलग्न रहेको आशङ्कामा दुई व्यक्तिसमेत पक्राउ गरिएको प्रहरी इञ्चार्ज लामिछानेले जानकारी दिनभयो । ती व्यक्ति चोरी भएको मोटरसाइकलमा सवार रहेको अवस्थामा समातिएका थिए । “चोरीको मोटरसाइकलको अधिकांशका सवारी नम्बर र रङ परिवर्तन गरेर चलाउने गरेको अवस्थामा बरामद गरिएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित धनी र स्थानीयवासीले सहयोग पु¥याएमा चोरी नियन्त्रण र अपराधमा न्यूनीकरण सफलता मिल्नेछ ।” 

सीमा जोडिएको र ग्रामीण क्षेत्रमा लुकीछिपी चलाउन सहज हुने हँुदा काठमाडौँमा हराएका धेरै मोटरसाइकलको गन्तव्य नुवाकोट हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जिल्लाका सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेको तीन दिनसम्म ‘सर्च अपरेसन’मा १८ थान चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई