२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

महिला पोलिटेक्निक कलेज खोलिने

८ जेष्ठ २०७६, बुधबार ०८:४९

जेठ ८ चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने भएको छ । कलेज सञ्चालनका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ । 

महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताउनुभयो । प्रमुख र उपप्रमुख महिला भएको महानगरपालिकाले यस कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । सिटिइभिटीका योजना महाशाखा निर्देशक रमेश बखतीका अनुसार महानगरपालिकाले समन्वय गरिरहेकाले आउँदो शैक्षिक सत्रबाट दुई वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । 

सो स्थानमा रहेको सरकारी विद्यालयमा नयाँ भवन बन्दै गरेको छ । पहिलो वर्षका लागि सोही विद्यालयको भवन प्रयोग गर्न सकिने महानगरले जनाएकाले त्यही ठाउँमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । पहिलो वर्ष होटल व्यवस्थापन र फार्मेसी विषयको पढाइ शुरु गर्ने योजना बनाइएको छ । 

कार्यक्रम सञ्चालनका लागि सरकारको बजेट वक्तव्यको पर्खाइमा रहेको बखतीले जानकारी दिनुभयो । खाली जग्गाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी शिक्षा मन्त्रालयमार्फत् बजेटका लागि अर्थमन्त्रालयमा पठाइने बताइएको छ । सिटिइभिटीले देशका छवटै महानगरपालिकामा महिला पोलिटेक्निक स्थापना गर्ने योजना बनाएको छ । आउँदो शैक्षिक सत्रबाट भने भरतपुर, पोखरा र विराटनगरमा मात्र कार्यक्रम शुरु गर्ने तयारी गरिएको बखतीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की