2026-09-18 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट : अँध्यारोमा बुधसिंह गाउँ

जेठ ९, विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ । दश दिनदेखि ४ नम्बर कार्यालय परिसर र चन्दनी माथितिरको गाउँ बस्तीमा बत्ती नभएपछि स्थानीय ठूलो मर्कामा परेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताउनुभयो ।

विद्युत् प्राधिकरणलाई पटकपटक जानकारी गराए पनि सो कार्यालयले गुनासोलाई बेवस्ता गरेको उहाँको भनाइ रहेको छ । अध्यक्ष वस्तीले भन्नुभयो, “स्थानीय बासिन्दालाई बत्तीबिना आफ्नो दिनचर्या गर्न साह्रै गाह्रोे भएको छ । धान कुट्न, मकै पेल्न, घरमा साँझमा बत्ती बाल्ने लगायतका कार्यहरुमा कठिन परेको छ ।” 

गाउँमा सडक निर्माण गर्दा रुखको हाँगाले तार छिनेको थियो । गाउँका स्थानीय बासिन्दाहरुले नेपाल विद्युत् प्राधिकरण त्रिशूलीमा दिनाँै खबर गर्ने गरेको स्थानीय राम्जी विकले बताउनुभयो । उहाँले समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापालाई समेत भनेको बताउनुभयो ।

 प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “मैले गाउँका बासिन्दाहरु अन्धकारमा छन् भन्ने खबर पाउना साथै नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोष कुमारलाई समस्या के हो, कसरी समाधान गर्ने हो गर्नुस् भनेर ध्यानाकर्षण गराएको छु ।” 

केन्द्रका प्रमुख कुमारले पोल अभावका कारण बुधसिंहमा विद्युत् सेवा अवरुद्ध भएको भन्दै विद्युत् सेवा सञ्चालन हुन केही दिन लाग्ने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई