२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

महन्तलाई थुनामा राख्न आदेश

१० जेष्ठ २०७६, शुक्रबार १०:५४

जेठ १०, धनुषा । उच्च अदालत जनकपुरले जनकपुरधामस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

सांस्कृतिक विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहीबार उच्च अदालतले सो आदेश दिएको हो । 

यसअघि सरकारी कागज कीर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले उनलाई रु १५ लाखमा धरौटीमा रिहा गरेको थियो । यसैबीच केही महीनाअघि सर्वोच्च अदालतले वैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको थियो ।

उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णव फरार भएका छन् । जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्न दिएको आदेश उल्टाउँदै बिहीबार उच्च अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश सुनाएको हो । 

उच्च अदालतका न्यायाधीश विनोद मोहन आचार्य र अनन्तराज डुम्रेको संयुक्त इजलासले सरकारी कागज कीर्ते तथा ठगी मुद्दा सुनुवाइका क्रममा महन्त दासको हकमा उक्त आदेश सुनाएको हो ।

उच्च अदालतले अर्का आरोपी रत्नसागर मठका पुजारीको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले गत पुसमा वैकुण्ठ दास वैष्णवलाई रु १५ लाख धरौटीमा रिहा गर्ने तथा सोही मठका पुजारी अशोक शर्मालाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश सुनाएका थिए ।

उच्च अदालतको आदेश सार्वजनिक भएलगत्तै महन्त वैकुण्ठ दास सम्पर्कविहीन बनेका छन् । जिल्ला अदालतको आदेशविरुद्ध वादी जनक हजारी विद्यापीठ तथा आरोपीद्वय वैकुण्ठ दास र पुजारी विनोद शर्माले उच्च अदालत जनकपुरमा ‘१७ नम्बर’ गरेका थिए ।

वादी पक्षकोतर्फबाट कानून व्यवसायी विपिनकुमार झा र देवेन्द्र ठाकुर निराला तथा प्रतिवादी महन्त दासका तर्फबाट श्यामकुमार मिश्र, चन्द्रबहादुर मैनाली, मन्सुर राइन, अचुतम आचार्य, प्रकाश घिमिरे तथा राजन दाहालसहितले बहस गर्नुभएको थियो । 

जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहिरीमा नेपाल सरकारको तर्फबाट जिल्ला अदालत धनुषामा दायर अभियोग पत्रमा प्रतिवादी महन्त वैकुण्ठ दास र पुजारी अशोक शर्मासँग रु १६ करोड ९१ लाख २५ हजार बिगो तथा जेल सजायको माग दाबी गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयको आङ्गीक क्याम्पस जनक हजारी विद्यापीठले ०५० देखि नै भोग चलनमा रहेको जनकपुर ८ स्थित कित्ता ६२ को दुई कठ्ठा ११ धुर तथा कित्ता १, २, २८ तथा ४९ को दुई बिघा आठ कठ्ठा १४ धुर जग्गा कीर्ते लालपूर्जा बनाई बिक्री वितरण गर्न खोजेको दुवै जनामाथि आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य