२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा एक हप्तामा दश जनाको मृत्यु

२०७६, ११ जेष्ठ शनिबार ०६:२१

जेठ ११, बैतडी । विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी  पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो । 

यस्तै तीन जनाको आगोमा जलेर मृत्यु भएको छ भने दुई जनाले आत्महत्या गरेका छन् । जेठ ४ गते शनिबारदेखि जेठ ९ गते बिहीबारसम्मको प्रहरी तथ्याङ्कले उक्त सङ्ख्यामा मृत्यु भएको देखिएको हो । बिहीबार गुडिरहेको जीपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीको मृत्यु हो । गिरेगडाबाट देहीमाण्डौँतर्फ आइरहेको म १ ज ११९ नम्बर जीपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइड दिन जीप ब्याक गर्दा हाम फालेको बताइएको छ ।

जेठ ८ गते राति आगोमा जलेर पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती बिन्दा र आठ वर्षीय छोरा मनोजको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाई बस्दै आएका र राति टहरोमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । जेठ ६ गते रुखमा झुण्डिएर दशरथचन्द नगरपालिका–१ गुरुखोलाकी २२ वर्षीया रञ्जु भट्टले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।   

जेठ ५ गते दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा जीप दुर्घटनामा दशरथचन्द नगरपालिकाका ६० वर्षीय हीराबल्ल भट्ट, ५३ वर्षीय लालमणि, ५० वर्षीय नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते ४५ वर्षीय प्रकाश भट्टको उपचारको क्रममा मृत्यु भएको थियो ।  

जेठ ४ गते  पाटन नगरपालिका–१० हतासका ७५ वर्षीय प्रमानन्द भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  यसैबीच जेठ १ गतेदेखिको तथ्याङ्क हेर्ने हो भने बैतडीमा ११ जनाको ज्यान गएको छ । जेठ १ गते मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्द पनि झुण्डिएकी अवस्थामा फेला परेकी थिइन् ।  

बैतडीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ । सवारी दुर्घटना बढीजसो चालककै लापर्वाहीले हुने गरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियममा कडाइ तथा प्रहरीले चालकलाई सचेतना कक्षा दिँदै आएको भए पनि सवारी दुर्घटनामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलको भनाइ रहेको छ । यसका साथै आत्महत्याका घटना पनि बढी देखिएका छन् । व्यक्तिगत कारण, मानसिक समस्या, सञ्चार प्रविधिको दुरुपयोगलगायतका कारणले आत्महत्याका घटना बढ्दै गएका प्रहरीले जनाएको छ । आत्महत्याको घटना वृद्धि भएकाले प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रहरी एकाइबाट काम भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा